• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यान बनगाड कुपिन्डेमा भाइरल ज्वरोका विरामी बढे




 नबिन पुन ।
सल्यान ।जिल्लाको बनगाड कुपिन्डेका विभिन्न बस्तिहरुमा कोरोनाको लक्षण जस्तै मिल्ले भाइरल ज्वरोका विरामीको संख्या बढेको छ । नगरपालिकाका निगाल्चुला मैदु पोखरा बामे औलबेशी किम्टाकुरा खानिगाउ ,लगायतका ठाउ गाउमा विरामीको संख्या बढेको बनगाड कुपिन्डे नगरपालिका ३ मेलटाकुराका स्थानीय बिरबहादुर घर्तिले बताए ।
ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, शरीर दुःख्ने, लगायतका लक्षणका विरामीहरुको संख्या वृद्धि भईरहेको छ । स्थानीय बडा स्वास्थ्य चौकीमा र अन्य मेडिकलमा उपचार गर्न आउनेको भिड लाग्ने गरेको छ ।
नगरपालिकाका विभिन्न विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरु समेत विरामी परेका छन् । गाउँगाउँमा भाइरल ज्वरो फैलिएपछि कोरोनाको त्रास बढीरहेको छ । स्थानीय घर्तीले भने, ‘गाउँगाउँमा कोरोनाको लक्षण सँग मिल्ने विरामीहरुको संख्या बढीरहेको छ, चेकचाँज समेत गरिएको छैन्, निकै त्रास बढीरहेको छ ।’
भाइरल ज्वराका कारण स्थानीयले हैरानी खेपिरहेका छन् । यश अगिनै नगरपालिकाको १२ नम्बर वडाको दुई वटा बिधालयमा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको सक्रियतामा बिरामीको खबर सुन्न साथ उक्त क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरि श्री सरस्वती प्राबी चौरमा १ जना र श्री शिद्धेश्वरी माबी २० गरि जम्मा २१ जनामा कोरोना संक्रमन देखिएको छ जम्मा १५९ जनामा एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनु भएको छ ।
अन्य गाउहरुमा पनि भाइरल ज्वरोका बिरामी परेको खवर आएको र छिट्टै परिक्षणको प्रक्रिया मिलाउन कोसोस गरिएको नगर प्रमुख बुढाथोकिले बताउनु भयो । कोरोना संक्रमण पुष्टि भएकालाई सुरक्षित होम आइसोलेसनमा बस्न आग्रह गरिएको नगर स्वास्थ शाखा प्रमुख पोखरेलले बताउनु भयो ।
Facebook Comments