• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको शान, बंगलाचुली हाम्रो पहिचान




बंगलाचुली गाउँपालिका वडा नम्बर ४ काभ्रे बाट जिन्दगीको सुरुवात गरेको थिएँ । सानो उमेर अनि कलिलो मान्छे हुर्कदै बढ्दै जाँदा जीवनको मोड फरक धारले चल्दै थियो । गाउँमा हुदा साथीसंगी सबैको माया एउटा खेलौनामा सीमित हुन्थ्यो ।

खासगरी बंगलाचुली बनजंगल नदीनाला हावा पानीमा दाङ जिल्लामा अरु पालिकाभन्दा राम्रो रहेको छ । सँधै चिसो हावापानि अनि चराचुरुङगीहरुको मनोरम अनि पशुपन्छीको, माया ममता, वनजंगलमा रमाइलो गरी दिन कटेको थाहा हुदैनथ्यो ।

राम्रो वातावरण भएको बंगलाचुली गाउँपालिका सुन्दर अनि रमणीय ठाउँ हो । विकासको आधारमा पनि बंगलाचुली पहिले भन्दा राम्रो अनि फराकिलो हुदै गएको देखिन्छ । आशा छ जनप्रतिनिधिहरुले राम्रोसँग जनताको हितको निम्ति राम्रा काम गर्नेछन् ।

मेरो उमेर हेर्दै जाँदा विगतका वर्षहरुमा परिवर्तन हुदै आएको छ । बंगलाचुलीको नाम परिचित गर्ने सफल बंगलाचुली भ्यूटार, गढीलेक, उजादेवी मन्दिर, धिमधिमे लेक लगायतबाट परिचित रहेको छ ।
बंगलाचुलीबारे केही जानकारीः

–घोराहीदेदेखि २३ किलोमिटर नजिक पहाडी भेगमा बंगलाचुली रहेको छ ।

–स्थानीय तहको पुनसंरचना गर्ने क्रममा साविक हाँसीपुरको केही भाग, काभ्रे, लोहारपानी, स्युजा, मिलाएर बंगलाचुली गाउँपालिका भएको हो । यसको केन्द्र काभ्रेको कमिरेचौर रहेको छ ।

–बंगलाचुली भ्यूटावर समुद्र सतहबाट करिव २००० मीटर उचाइमा रहेको छ । यहाँबाट पहाडको चुचुरो, सिस्ने, जलजला, पुथा, हिमालका साथै दाङ उपत्यका, कपिलवस्तु तथा केहि भारतका समथर भू–भागहरु अवलोकन गर्न सकिन्छ । जुन कारणले आजभोलि बंगलाचुली पर्यटकीयस्थलको रुपमा विकास भएको छ ।

–बंगलाचुली गाउँपालिकामा अर्को लेक छ गढीलेक । यो लेक समुन्द्र सतहदेखि करिब १८०० मिटर उचाइँमा पर्दछ । गढीलेक ऐतिहासिक महत्व जोडिएको पहाड हो । यस पहाडमा बनेको गढी–किल्ला पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण अभियानसँग सम्बन्धित छ । यस किल्ला नेपाल एकीकरण अभियान क्रममा बहादुर शाहको नेतृत्वमा गोर्खाली फौजले पश्चिम नेपालतर्फ युद्धको बेला निर्माण गरेको मानिन्छ । यहाको किल्ला ९० मिटर लम्वाई र २७ मिटर चौडाई रहेको छ । यो किल्ला चारखण्ड अर्थात कोठामा बिभाजित छ । ढुंगाले निर्माण गरिएको पूर्व पट्टीको गेटअहिले पनि देख्न सकिन्छ ।

–जुम्लेपानीबाट केहि भित्र गएपछि स्वर्गद्वारी जडिवुटी उत्पादन तथा प्रशोधन केन्द्र रहेको छ, जसमा ६० रोपनी जमिनमा दालचिनी, ओखर, टिमुर, अमला, भोगटे, कागती, सुन्तला र आलुबखडा प्रजातिका विरुवा रहेका छन् ।

स्यूजाको धिमधिमे लेक पनि बंगलाचुली गाउँपालिकामा पर्दछ । हाँसीपुरको अर्खले पहाड पनि बंगलाचुली गाउँपालिकामा पर्दछ जुन समुद्र सतहदेखि २०५३ मीटर अग्लो छ । अर्खले पहाड दाङ जिल्लाको सबैभन्दा अग्लो स्थान पनि रहेको छ ।

–बंगलाचुली गाउँपालिका क्षेत्रमा बाह्रै महिना चिसो अनुभव गर्न सकिने हावापानी पाइन्छ । फागुन, चैत्र महिनामा पहाडभभरि लालीगुरासका फूलेका हुन्छन र काफल समेत पाइन्छ । अहिले यस क्षेत्रका राम्रो सुविधा सम्पन्न होटेल, गेष्टहाउस पनि खुलेका छन । बंगलाचुलीमा वागेश्वरी मन्दिर (उजा मन्दिर) धार्मिक पर्यटकिय स्थल समेत रहेको छ । बंगलाचुलीमा ३ वटा सम्राट सोना, अग्नि र घोराही सिमेन्ट उद्योगले चुनढुङगा उत्खन समेत गरेका छन । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मा लुम्बिनी प्रदेशस्तरकै टिस्यु कल्चर स्थापना हुदैछ ।

Facebook Comments