• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्व प्रशिद्ध लेखक सलमान रुस्दी भेन्टिलेटरमा




छुरा प्रहारबाट घाइते भएका विश्वप्रसिद्ध लेखक सलमान रुस्दीको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार बिहान न्युयोर्कमा आयोजित कार्यक्रममा रुस्दीको घाँटीमा एक व्यक्तिले छुरा प्रहार गरेका थिए ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारीको पहिचान न्युजर्सीका २४ वर्षीय हाडी मातरका रूपमा भएको छ । रुस्दीका एजेन्टलाई उद्द्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले आक्रमणबाट रुस्दीको कलेजोमा गहिरो चोट लागेको बताएको छ ।

एजेन्ट एन्ड्य्रू वाइलले भनेका छन्, ‘खबर राम्रो छैन । सलमानले एउटा आँखा गुमाउन सक्ने चिकित्सकले बताएका छन् । पाखुरामा पनि गहिरो चोट लागेको छ । कलेजोमा पनि चोट लागेको छ ।’

आक्रमणपछि रुस्दीलाई हेलिकोप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको थियो भने आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ । आक्रमणपछि रुस्दी मञ्चबाट ढलेका थिए । अन्य मानिस मञ्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएका छन्  ।

रुस्दी राल्फ हेनरी रीजसँग हुने एउटा अन्तरसंवाद कार्यक्रमका लागि न्युयोर्कमा थिए । रीजको पनि अनुहारमा सामान्य चोट लागेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनले सलमान रुस्दी सिर्जनशील अभिव्यक्ति र अभिव्यक्ति स्वतन्त्रताका सशक्त रक्षक भएको बताएका छन् । रुस्दीमाथिको आक्रमणले अमेरिकामा रहेका लेखकहरूको सुरक्षामाथि चुनौती थपिएको उनले बताएका छन् ।

Facebook Comments