• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मन्त्री अथकद्धारा सिमरा रंगशालाको निरिक्षण




साउन २७, काठमाण्डौं
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाराको जीतपुरमा रहेको सिमरा रंगशालाको अवलोकन÷निरिक्षण गर्नुभएको छ । मधेष प्रदेश अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा रहेको उक्त मैदानको निरिक्षणकालागि बिहिबार सिमरा पुग्नुभएका मन्त्री अथकले मैदानको भौतिक संरचना र निर्माण पक्षको बारेमा समेत जानकारी लिनुभएको छ ।No description available.
करिब १४ बिगाहा क्षेत्रफलमा फैलीएको सिमरा रंगशालाको निर्माणधिन प्याराफिटको अनुगमन गर्दै मन्त्री अथकले बाँकी रहेको निर्माण कार्यलाई चाँडै अगाडी बढाईने बताउनुभयो । काठमाण्डौंदेखी सबैभन्दा नजिकको दुरीमा रहेको सिमरा रंगशाला निर्माण सम्पन्न भए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु संचालनमा सहजता हुने बताउँदै मन्त्री अथकले उक्त रंगशालाको विशेष महत्व रहेको उल्लेख गर्नुभयो ।
“रंगशाला निर्माणकालागि स्थानियस्तरबाट भएको प्रयास स्रहानिय छ, यसको पूर्णताकालागि अझैं प्रयास गर्नुपर्ने देखिन्छ” मन्त्री अथकले भन्नुभयो, “रंगशालाको पूर्णताकालागि आर्थिक स्रोत सुनिश्चितताको आधार खोज्न मन्त्रालय प्रतिवद्ध भएर लाग्छ, ढुक्क हुनुहोस ।”
उहाँले सिमरा रंगशालाभित्र खेलकुदका अन्य संरचना निर्माणको सम्भाब्यता समेत अध्ययन गरेर अगाडी बढिने बताउनुभयो । सिमरा रंगशालालाई केन्द्र सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदको हबका रुपमा सिमरालाई बिकास गर्न दिर्घकालीन रणनिति बनाउनुपर्नेमा समेत जोड दिनुभएको थियो ।

Facebook Comments