• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बँदेल र बाँदरको आतंकले किसान मर्कामा




नबिन पि.एम
सल्यान,२६ साउन । बनगाड कुपिन्डे नगरपालिका- ९ का विभिन्न भगका बारिमा किसानहरुले लगाएको मकैमा रातिमा बँदेल र दिनमा बाँदरका कारण किसानले हैरानी खेप्नुपरेको छ । बारीमा लगाएको मकै बँदेल र बाँदरले खाइदिन थालेपछि किसान मारमा परेका हुन् ।

९ नम्बरका टोकेन्द्र यरिलेले भन्नुभयो, “ केही समय यता किसानको बारिको मकै बालिमा बँदेल र बाँदरले खाइसेको छ ।”

बाँदरको हुल मकै बारिमा पस्ने गरेको छ । स्थानीयवासीले भगाउँदा सामुदायिक वनका नजिकका रुखमा बस्ने र मकै बारीमा कोही नभएको बेला हुलका हुल आएर एकैपटक पूरै बारीको मकै खाने गरेको सथानिय यरिले बताउनुभयो ।

यता बनगाड कुपिन्डे ३ को किम्टाकुरा तिम्लेचौर लगायतका बस्तिहरुमानि किसान्हरुले लगायको मकै बालिमा बँदेल दुम्सी बादर लगायतले दुख दिने गरेको स्थानीय चेतना पुनले बताइन |

स्थानीय जनप्रतिनिधिसँग छलफल गरी बँदेल र बाँदर नियन्त्रणका उपायहरु खोजी गरिने किसानहरुको भनाइ छ ।

अर्कोतर्फ सामुदायिक वन संरक्षण भई हराभरा भएकोले पनि जङ्गली बँदेल र बादरको उल्लेखनीय बसोबास हुनाका साथै यस क्षेत्रका किसानको बालिमा औधी क्षेती हुने गरेको अनुमान छ । समयमै बर्षा नहुदा उल्लेख उब्जनी नहुने मर्कामा परेका किसानलाई झनै जंगली बँदेल र वादरको आतंकले झनै पीडा थपेको छ |

Facebook Comments