नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पाँच दिने जापान भ्रमण सकिएको छ ।
भ्रमणबारे प्रचण्डको सचिवालयले प्रेस नोटमार्फत यस्तो जानकारी गराएको छ:
अध्यक्ष कमरेड प्रचण्डको जापान भ्रमणबारे प्रेस नोटस्
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले यही २०७९ साउन २१ गतेदेखि २५ गतेसम्म जापानको भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँ नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापानमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी बन्नुुभएको थियो । अध्यक्ष कमरेड प्रचण्ड आफ्नो भ्रमण टोलीसहित राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानमार्फत श्रावण २० गते राति जापान प्रस्थान गर्नुभएको थियो भने नेपाल एयरलाइन्सकै विमानमार्फत स्वदेश फर्किनुु भएकोछ ।
अध्यक्ष कमरेड प्रचण्डले जापान भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सरिक हुनुका साथै कृषि, विज्ञान प्रविधि, पर्यटन प्रर्वद्धन, पूनर्निमाण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अभिरुचीपूर्वक अवलोकन गर्नुुभयो ।
१.२०७९ श्रावण २१ गते ९अगष्ट ६, २०२२० को विहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुुरा गर्दै अध्यक्ष प्रचण्डले आफुु नेपाली जनप्रगतिशिल मंच जापानको निमन्त्रणा र कार्यक्रममा जापान आएको र जापान वसाईको क्रममा जापानको विकास र समृद्धिलाई नजिकबाट अनुुभुुत गर्ने र केही राजनैतिक भेटघाटमा समेत सहभागी बन्ने बताउनु भयो । सोही दिन विमानमार्फत फुुकुुओका पुुगेको अध्यक्ष कमरेडले पहिलो कार्यक्रमको रुपमा जापानको फुुकुुओकामा गैह्र आवासिय नेपालीद्वारा आयोजना भएको नेपाल फेष्टिबल सेरेमोनीमा सहभागी बन्नुु भयो र प्रमुख अतिथिका रुपमा समारोहको समूद्घाटन गर्नुभयो । सोही दिन अध्यक्ष कमरेडले जापानको एक प्रमुख व्यापारिक शहर ओशाका पुुगी नेपाली समूदायका अगुवाहरुसँग भेटवार्ता एवं कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
२. २०७९ श्रावण २२ गते ९अगष्ट ७, २०२२० का दिन बिहान अध्यक्ष कमरेडले दोस्रो विश्व युद्धमा आणविक बमले ध्वस्त पारिएको हिरोसिमा शहरमा अवस्थित शान्ति स्मृति संग्रहालयको अवलोकन गर्नुुका साथै युद्ध पछिको पुनर्निर्माणका बारेमा जानकारी लिनुुभयो । सोही दिन साँझ नेपाली जनप्रगतिशील मञ्च, जापानले टोकियोमा आयोजना गरिएको ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभयो ।
३.२०७९ श्रावण २३ गते ९अगष्ट ८, २०२२० का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले साइतामा प्रान्तीय सरकारको कृषि व्यवसाय प्रवद्र्धन विभाग अन्तर्गतको कुुरौसुु अर्किड लिमिटेडको अर्किड नर्सरी अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले कृषिलाई आधुुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रिकिरण र व्यवसायीकरण गर्दै नेपाली अर्थतन्त्रलाई सबल बनाउन आवश्यक भएको बताउनुुभयो । अध्यक्षले त्यसका लागि कृषिमा आधारित उद्योगहरुको प्रवद्र्धन र विकास गर्न जापानको वैज्ञानिक र आधुनिक प्रविधिको अनुुशरण गर्न चाहेको बताउनुुभयो । उक्त अवलोकन भ्रमणमा जापानका लागि नवनियुक्त नेपाली राजदूत दुुर्गाबहादुर सुुबेदीको पनि उपस्थिति रहेको थियो ।
सोही दिन दिउँसो जापान भ्रमणमा रहनुुभएका अध्यक्ष प्रचण्डले जापानी संसद ‘डायट’ को अवलोकन गर्नुका साथै जापानी संसदीय प्रणालीको विशेषता र राजनीतिक दलहरुको स्थितिको जानकारी लिनुभयो । ‘डायट’ मा सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता तथा सांसद सदस्य मासाकी तायराले अध्यक्ष कमरेडको स्वागत गर्नुको साथै संसदको अवलोकन गराउनुुभयो ।
सोही दिन बेलुका अध्यक्ष कमरेडले नेपाली जनप्रगतिशील मञ्च, जापानका अगुवा कार्यकर्ताहरुसँग छलफल तथा अन्तरसम्वाद गर्नुभयो । अध्यक्ष प्रचण्डले प्रवासी नेपालीहरुको श्रम, सीप र पूँजीलाई देश निर्माणमा खर्चिन सरकार एवं पार्टीको तर्फबाट आवश्यक वातावरण निर्माण गरिने बताउँदै त्यसको लागि तयार रहन आव्हान गर्नुभयो ।
४. २०७९ श्रावण २४ गते ९अगष्ट ९, २०२२० का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले नेशनल इन्स्टिच्यूट अफ इम्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी को अवलोकन भ्रमण गर्नुुभयो । जापान सरकारको पूणर् स्वामित्वमा रहेको उक्त अनुसन्धान केन्द्रको भ्रमणको क्रममा अध्यक्ष कमरेडले विभिन्न विद्याका विषयविज्ञ, डाक्टरहरु तथा अनुसन्धानकर्ताहरुको टिमबाट जापान सरकारले विज्ञान प्रविधि र सूचना प्रविधिका क्षेत्रमा गरेको अत्याधुुनिक विकासको बारेमा जानकारी लिनुुका साथै दुुई देशका बीचमा विकसित प्रविधिको आदानप्रदानका विषयमा छलफल पनि गर्नुभयो । सोही दिन दिउँसो नेपाली समूूदायद्वारा राजधानी टोकियोमा संचालित नेपाली विद्यालयहरु एभरेष्ट इन्टरनेशनल स्कूल र हिमालय इन्टरनेशनल स्कूलका कार्यक्रममा सहभागी हुनुुभयो । नेपाली समूूदायले विदेशमा रहेर पनि शिक्षाको माध्यमबाट नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नुको साथै नयाँ पुस्तालाई नेपालको राष्ट्रिय भावना जागृत गर्न योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।
सोही दिन अपरान्ह ४ बजे अध्यक्ष कमरेड प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद सदस्य एवं नेपाल(जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइ बीच एलडिपि हेडक्वाटर टोकियोमा भेटवार्ता भयो । प्रतिनिधि मण्डल स्तरीय भेटवार्ताका क्रममा दुुई देशबीचको आवसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने, जनस्तरको सम्बन्धलाई विस्तार गर्ने, स्थानीय सरकार र नगरहरुको बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
