• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होटल व्यवसायी समितिले तिज मिलन कार्यक्रम गर्ने




घोराही, २४ साउन । दाङ देउखुरी होटल व्यवसायी समितिले नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रम २०७९ गर्ने भएको छ । राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितीमा घोराहीको होटल माला ईनमा भब्य कार्यक्रम गरिने समितीका अध्यक्ष दिपेन्द्र पुनले जानकारी दिनुभएको छ ।No description available.

समितिले आफ्ना व्यवसायीहरुको हकहितको संरक्षणका साथै अतिरीक्त व्यावसायीक उत्तर दायित्व बहन गर्ने शिलसिलामा विभिन्न सामाजिक तथा आर्थिक गतिविधीहरु सञ्चालन गर्दै आईरहेको छ । यसै सन्दर्भमा आउदै गरेको हरीतालिका तिज पर्वलाई लक्षित गरी महिलाहरुको प्रतिभा प्रस्पोटन तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले दाङ देउखुरी होटल व्यवसायी समितीको निर्णय अनुुसार बृहत सास्कृतिक कार्यक्रम गरिने भएको हो ।

जुरिक भोड्काको उत्पादक जगदम्बा अल्को बेभ प्राली मुख्य प्रायोजक रहेको कार्यक्रम आउदो भदौ ११ गते शनिवारका दिन गर्ने मिति तय भएको अध्यक्ष पुनले जानकारी दिनुभएको छ । नेपाली नारीहरुको महान् पर्व तिजको मौलिक संस्कृतिलाई जगेर्ना गर्नुका साथै तिजलाई भब्य र सभ्य सफल बनाउन तिज मिलन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

Facebook Comments