• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजधानी निर्माणका लागि राप्ती टेक्निकल ३१ गते सरस्वस्ती माविमा जाने




मानसिंह विश्वकर्मा
भालुबाङ, २४ साउन । लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थापनाका लागि लुम्बिनी प्रदेश सरकारको पहिलो कार्यभार बनेको छ । राजधानी निर्माण एवं स्थापनाका लागि राप्ती टेक्निकल शिक्षालय ३१ गते सररस्वस्ती मावि गढवामा सर्ने भएको छ ।

आज बसेको टेक्निकल सञ्चालक समितिका बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माणको कार्य अगाडि बढेको र सो कार्यलाई सहयोग गर्नका लागि सार्ने ३१ गते नै सर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी एवं सञ्चालक समितिका अध्यक्ष हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले नियर्णय गरेको हो । बैठकमा अध्यक्ष हिरालार रेग्मीले विद्यालयलाई स्थानतरण गर्नका लागि सबैले सहयोग गरि दिन आग्रह गर्नुएको छ । यस्तै राप्ती टेक्निकल प्राविधिक विद्यालयका प्रमुख शालिकराम डाँगीले विद्यालयको सर्ने कुरा निश्चित भएपछि सबै काम गर्न सजिलो हुने भएकोले गर्दा सार्न ढिलाई गर्न नहुने बताउँदै ३१ गते नै सर्ने बताउनुभयो ।

बैठकमा सहभागी मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारले राजधानी निर्माण र राप्ती टेक्निकलको विकासका लागि बरावरी प्राथमिकता राखेर सरकारले काम गर्ने, त्यसका लागि सबैले सहयोग गर्न र काम छिटो टुङ्गाउँन निर्देशन दिनुभएको छ ।
बैठकले राप्ती टेक्निकललाई २०७९ साल साउन ३१ गते सार्ने, टेक्निकलकोले सो भवन एवं सामान बरबुझरातका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई पत्रचार गर्ने, सार्नका लागि आवश्यक बजेट र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारकासँग बजेट माग गर्ने निर्णय गरेको छ ।

राप्ती टेक्निकल विद्यालय गढुवामा सर्ने भएपछि राजधानी निर्माणको कामले तिव्र गति लिने स्थानीयबासीहरुले बताएका छन् । सो को स्थातरण राजधानीको निर्माणका कार्यले गति लिदा प्रदेश सरकारको योजना पुरा हुने निश्चत देखिन्छ ।

Facebook Comments