• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वृक्षारोपण गर्दै रोल्पामा २९ औं भू-संरक्षण दिवस मनाइयो




खुमबहादुर सुनार

लिवाङ, २४ साउन  । रोल्पाको लिवाङमा भू संरक्षण दिवस २०७९ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय लिवाङले आज मंगलबार एक कार्यक्रमको आयोजना गरी उक्त दिवसमा वृक्षारोपण कार्यक्रमण सम्पन्न गरेको हो ।No description available.No description available.

भू तथा जलाधार व्यवस्थापन कार्यालय, रोल्पाले भू संरक्षण दिवश २०७९ एकिकृत जलाधार व्यवस्थापनः माटो पानीको स्याहार, सम्बृद्धिको मूल आधार भन्ने नाराका साथ रोल्पा नगरपालिका वडा नं. ४ रुन्टावाङ टाकुरा पहिरोमा कम खर्चिलो भू संरक्षण प्रविधिको प्रयोग अन्तर्गत निर्माण भई रहेको बाँसको क्रिब वाल क्षेत्रमा निगालो, बाँस तथा नेपियर प्रजातिका बिरुवाहरु रोपण गरी भव्यताका साथ मनाइएको जलधार व्यवस्थापनका अधिकृत रोर्वट महराले जानकारी दिनुभयो ।No description available.No description available.

भू तथा जलधार व्यवस्थापनका अधिकृत रोर्वट महराको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख सीता आचार्यको प्रमुख अतिथि एव् रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापाको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, बालकल्याण माध्यमिक विद्यालयका शिक्षक धनसिंह विक , घरेलु तथा साना उद्योगका प्रमुख तारापसाद शर्मा, प्रहरी नायब उपरिक्षक जिल्ला प्रहरी कार्यालय रोल्पाका विनोद घिमिरे, सुरक्षा निकायका प्रमुखहरु, अन्य सरकारी कार्यालयका प्रमूखहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनीधिहरु, रोल्पा नगरपालिका वडा २ का अध्यक्ष प्रकाश डाँगी , वडा नं. ४ का अध्यक्ष मित्रलाल गुरूङ , नेपाल पत्रकार महासंघ रोल्पा सचिव लेन्द चन लगाएतको उपस्थिति रहेको थियो भने सम्पूर्ण उपस्थिति महानुभावहरुबाट पहिरो क्षेत्रमा बृक्षारोपण गरी भू संरक्षण दिवश भव्यताका साथ मनाइएको कार्यालयले जनाएको छ ।No description available.No description available.

Facebook Comments