• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडा सदस्य विकद्वारा विद्यालयलाई १० हजार आर्थिक सहयोग




रुकुमपूर्व, २३ साउन । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ का वडा सदस्य बिरमान विकले श्री ज्योति आधारभूत विद्यालय फल्नैलाई रु १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । उनले गत आर्थिक वर्षको कोरोना प्रभावित राहत बाफत  आफूलाई प्राप्त भएको रु १० हजार रकम उक्त विद्यालयलाई सहयोग गरेका हुन् ।

गत आर्थिक वर्ष कोरोना कै कारण विदेशबाट घर फर्केका विक गत महिना वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका थिए । नेपाल सरकारले कोरोना प्रभावितलाई रु १० हजारका दरले राहत दिने निर्णयसँगै वडाले विकलाई पनि राहतको लागि सिफारिस गरेको थियो ।

गत आर्थिक वर्षमा कोरोना प्रभावित राहतमा सिफारिस भएता पनि अब आफू नै वडा सदस्य भैसकेकोले उक्त राहत रकम आफुले नराख्ने सदस्य विकले बताए । आफुले पाउने राहत रकम शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी भएको सदस्य विकले बताए ।

सदस्य विकका अनुसार सानो सहयोगले पनि शैक्षिक क्षेत्रमा निकै राहत पुग्ने छ । सदस्य विकले वि व्य स वैठकको अवसर पारी सहयोग गरेका हुन । सदस्य विक ले गरेको सहयोग रकम श्री ज्योति आधारभुट विद्यालयका प्रधानाध्यापक गणेश थापाले बुझेका थिए ।

सबैले आफुले सकेको सहयोग गरेमा विद्यालयका समस्याहरु समाधान गर्न सरकार गुहार्नु नपर्ने प्रधानाध्यापक थापाले बताए ।

यस्तै श्री ज्योति आधारभूत विद्यालयलाई श्री शक्ति आमा समुहले पनि रु ५० हजार सहयोग गरेको छ । भुपु महिला वडा सदस्य मनिकुमारी छन्त्याल अध्यक्ष रहेको श्री शक्ति आमा समुहले रु ५० हजार सहयोग गरेको हो । यस्तै विद्यालयलाई इन्द्रेणी युवा क्लबले पनि रु ५० हजार सहयोग गर्ने भएको छ ।

क्लबको तर्फबाट पनि विद्यालयलाई सहयोग गर्ने क्लबका अध्यक्ष विकास छन्त्याले बताए अध्यक्ष छन्त्यालका अनुसार अर्को हप्ता सम्म क्लबको तर्फबाट सहयोग उपलब्ध बाइने छ ।

सबै क्षेत्रबाट भएको आर्थिक सहयोगको उचित सदु प्रयोग गर्ने प्रधानाध्यापक थापाले बताए । सहयोग प्राप्त भएको आर्थिकबाट विव्यस को निर्णय अनुसार आवश्यकता अनुसार खर्च गर्ने विव्यस अध्यक्ष भरत घर्तीले बताए ।

Facebook Comments