• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा सुमोगाडी दुर्घटना हुँदा छ जान घाइते




खुमबहादुर सुनार
लिवाङ, २३ साउन । रोल्पामा सुमो गाडी दुर्घना हुँदा ६ जना घाइते भएका छन् । बुटवलबाट लिबाङतर्फ आउदै गरेको भे १ ज १७७१ नं.को सुमोगाडी आज बिहान करिब ४ बजे रोल्पा नगरपालिका वडा नम्बर १ को भदौरे मन्दिरको नजिकै ओरालो बाटोमा अनियन्त्रित भइ दुर्घटना हुँदा उक्त गाडीमा सवार ६ जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा परीे घाइते हुनेहरु मध्ये रोल्पा नगरपालिका- ९ ह्वामा निबासी २६ वर्षीय दिबिसा बुढा र सोही ३१ वर्षीय कमल प्रसाद बुढामगर, रोल्पा नगरपालिका- ७ माडीचौर निबासी २८ वर्षीय भिमली घर्तीमगर र गंगादेव गाउँपालिका- ७ बडाचौर निबासी २४ वर्षीय नरेन पुनको जिल्ला अस्पताल रेउघामा सामान्य उपचार पश्चात डिचार्ज भएका छन् भने रोल्पा नगरपालिका -३ खुमेल निबासी संगीता परियार र सोही निबासी ३४ वर्षीय पर्शुराम परियारलाई जिल्ला अस्पाताल रेउघामा सामान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

उक्त सुमोमा चालकसहित ७ जना सवार रहेका थिए भने गाडी सडकदेखि करिब १० मिटर तल खसेको थियो ।

गाडी चालक दाङका घोराही उपमहानगरपालिका ४ गोग्ली निबासी २५ वर्षीय अर्जुन बिकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Facebook Comments