• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मार्सल आर्ट्सका विश्व च्याम्पियनलाई प्रहरीले हाने गोली




ब्राजिलको जियू–जित्सु च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी लिआन्ड्रो लोलाई साओ पाउलोको नाइट क्लबमा गोली हानिएको छ । जियू–जित्सू एक ब्राजिलियन मार्शल आर्ट र कम्ब्याट स्पोर्ट हुन् जो ग्राउन्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ ।

 

३३ वर्षीय लिआन्ड्रो लोमाथि गोली प्रहार हुँदा उनी नाइट क्लबमा थिए । प्रारम्भिक जानकारी अनुसार अफ ड्युटी प्रहरी अधिकारीले उनीमाथि गोली चलाएका थिए । गोली हानेलगत्तै देखि उनी फरार छन् ।

आक्रमण लगत्तै लुलाई अस्पतालमा भर्ना गरियो, जहाँ डाक्टरले उनको ब्रेन-डेड घोषणा गरेका छन् । लो जिउ जित्सु एथलीट च्याम्पियनसिपको अहिलेसम्मकै सबैभन्दा सफल खेलाडी रहँदै आएका छन् । उनी आठ पटक विश्व च्याम्पियनसिपका विजेता बनिसकेका छन् ।

प्रहरी रिपोर्टका अनुसार अफ ड्युटी प्रहरी अधिकारीहरूले एउटा सिसाको बोतल लिएर मानिसहरूलाई तर्साउन खोजिरहेका थिए । यसैबीच लो उनी भएठाउँ पुगेको र उनले ती प्रहरी अधिकारीलाई त्यहाँबाट जान भनेका थिए ।

यसैबीच प्रहरी अधिकारीले आफ्नो बन्दुक निकालेर लुको निधारमा प्रहार गरे ।

प्रहरीका अनुसार ज्यान मार्ने उद्योग मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको छ ।

Facebook Comments