• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु




दाङ, २३ साउन । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर ६ श्रीगाउँमा करेन्ट लागेर गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ का २६ वर्षिय कृष्णबहादुर बिकको करेन्ट लागेर मृत्यु भएको हो ।

विकलाई बागरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनमा मार्बलको काम गर्नेक्रममा आइतबार दिउँसो करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भिर घाइते विकको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा बेलुका ६ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । शबलाई राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखिएको छ ।

Facebook Comments