• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुङ्ग्रीको ठूलो नम्जा स्मार्ट कृषि गाउँ बन्दै




प्रेम क्षेत्री/रोल्पा
नेपाल एक कृषि प्रधान देश हो । नेपालमा अझैपनि अधिकांश मानिस आफ्नो जीविकोपार्जनका लागि कृषि पेशामा आवद्ध रहेका छन् । कृषकहरुले विस्तारै परम्परागत खेती प्रणालीको विकल्पमा आधुनिक कृषि खेतीलाई जोड दिन थालेका छन् । कृषकले कृषिलाई जीविकोपार्जनका लागि मात्र नभएर अब उत्पादन र आत्मनिर्भरमुखी खेती प्रणाली अपनाएको सहजै देख्न सकिन्छ ।No description available.

पछिल्लो सयम मानिसहरु विभिन्न माध्यमबाट कृषि पेशालाई आत्मनिर्भरमुखी व्यावसायको रुपमा जोड दिँदै आएको पाइन्छ । देशमा स्थानीय तह गठन भएसँगै कृषकका लागि आधुनिक कृषि कार्यक्रमहरु थप प्रभावकारी बन्दै गएका छन् । स्थानीय तहहरुले कृषकको जीवनस्तरलाई बदल्न तथा रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषिलाई आत्मनिर्भर र उत्पादनमुखी स्मार्ट कृषि गाउँ कार्यक्रम समेत बनाएका छन् ।

त्यसैको एउटा गतिलो उदाहरण हो, रोल्पाको लुङ्ग्री गाउँपालिका ४ मा रहेको ठूलो नम्जा गाउँ । जहाँ ६० घरधुरीबाट सुरु गरिएको स्मार्ट कृषि गाउँ कार्यक्रम निरन्तर रुपमा संचालन हुँदै आएको छ । ठूलो नम्जा गाउँमा वि.सं. २०७७ सालदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु गरिएको थियो ।

 

लुङ्ग्री गाउँपालिका ४ का स्थानीय कृषक तिलक खड्काले परम्परागत कृषि खेती भएतापनि आधुनिक तरिकाले गरिरहेको बताए । उनले पहिले भन्दा काममा सहज र उत्पादनमा वृद्धि भैरहेको र आफूहरुले यसबाट सन्तुष्ट मात्र होइन, स्वदेशमै केही गर्न सकिदो रहेछ भन्ने हौसला बढेको जानकारी दिए ।

सोही ठाउँका कृषक शिबराम केसी हाम्रो प्रयास नाफामुखी भन्दापनि उत्पादन र आत्मनिर्भरमुखी भएको बताए । उनले हामी सबैको उत्साह र मेहतले गर्दा आजसम्म कृषि खेती राम्रै चलेको र भाबी दिनमा यसलाई झनैवृद्धि गर्ने योजनामा अघि बढिरहेको जानकारी दिए ।No description available.

लुङ्ग्री गाउँपालिका ४ का वडा अध्यक्ष तथा स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष बिरबल खड्का क्षेत्रीले ६० घरधुरीबाट शुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई अब छिट्टै एक सय घरधुरीमा बिस्तार गर्ने बताए । उनले भावी हाम्रो लक्ष्य पुरै गाउँ स्मार्ट कृषिले चिनाउने योजना रहेको जिकिर गरे ।
अध्यक्ष खड्काका अनुसार आत्मनिर्भर जीवन समृद्ध गाउँ आफै बनाउ यसको मुल नारा रहेको छ । हामी सुख चाहन्छौ भने दुःख करेसाबाट सुरु गरौ, खुशी खोज्न खाडी धाउनै पर्दैन् ।No description available.

‘हामीले अहिले गरिरहेको व्यावसायिक खेतीतर्फ तरकारी र रैथाने खेतीतर्फ कोदो उत्पादन गरिरहेका छौें,’ उनले भने ‘स्वास्थको हिसाबले पनि निकै फाइदा जनक र पछिल्लो चरण लोप हुँदै गएको कोदो खेतीलाई आधुनिक ढंगले बिस्तार र संरक्षण गर्नेमात्र नभएर एउटा ब्राण्ड बनाउने सोचेका छौं । यसको बजार व्यवस्थापन सहि ढंगले हुन सक्यो भने पक्कै पनि यो आकर्षकको केन्द्र नमूना योग्य बन्नेछ र आधुनिक कृषितर्फ सबैलाई प्रेरित गर्ने हाम्रो लक्ष्य हो ।’No description available.

कृषि खेतीका लागि चाहिने सिचाइका लागि ७ वटा घेराबार सहितको पक्की पोखरी निर्माण भइसकेका छन् भने २ वटा लिर्गाम लिफ्ट सिचाई अन्तिम चरणमा पुगिसकेको र बुज्याङ्गखोला लिफ्ट सिचाइको काम समेत भइरहेको अध्यक्ष क्षेत्रीको भनाइ छ । अहिलेसम्म स्मार्ट गाउँ कृषि कार्यक्रमका लागि १८ लाख २७ हजार बराबरको काम भइसकेको र उक्त सबै काम पूरा हुँदा साथ स्मार्ट कृषि गाउँ कार्यक्रमको लक्ष पूरा हुनेमा आफूहरु ढुक्क भएको अध्यक्ष क्षेत्रीले सिस्ने अनलाइनसँगलाई जानकारी दिए ।No description available.

स्मार्ट कृषि गाउँ कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि कृषकहरुलाई ७ वटा हाते ट्याक्टर र अन्य कृषी औजार, बीउ विजन राहत स्वरुप वितरण गरिएको छ ।No description available.

स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्षमा बिरबल खड्का क्षेत्री, उपाध्यक्षमा टंक बहादुर बिक, सचिबमा तिलक खड्का रहेका छन् ।

Facebook Comments