• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यामा जंगली च्याउ खाएर बिरामी परेका मध्ये एक जना बालिकाको मृत्यु




सल्यान, २२ साउन । सल्यानमा जंगली च्याउ खाँदा बिरामी भएका मध्ये एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको शारदा नगरपालिका ४ साईलाकम्द बस्ने केशर बस्नेतको छोरी वर्ष अन्दाजी ४ की जोशना बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार जंगलबाट ल्याएको च्याउ खाएर राती बिरामी भएपछि शनिबार बिहान उनी सहित उनका दाईलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याईएको थियो ।

जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागी प्रादेशिक अस्पताल सुर्खेतमा रिफर गरिएकोमा जोशनाको मृत्यु भएको हो । जोशना सँगै च्याउ खाएर बिरामी भएका उनका दाई जोन बस्नेतको भने स्वास्थ्य स्वास्थ्य अवस्था सुधार हुँदै गएको प्रहरीले जनाएको छ ।

च्याउ खाएर बिरामी भएका साईलाकम्दका ४० वर्षीया मिना बस्नेत र उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेतको नेपालगंज रिफर गरिएको छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका पनि एकैघरका ४ जना जंगली च्याउ खाँदा बिरामी परेका छन् । ४८ वर्षीय भुपबहादुर वली, उनकी श्रीमती ४५ वर्षीया मनकली वली, छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वलीले बिरामी परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनिहरुला पनि प्रादेशिक अस्पताल सुर्खेत तर्फ रिफर भएको र अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

Facebook Comments