• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) दाङले तीन महिने विशेष विद्यार्थी अभियान संचालन गर्ने




घोराही, २१ साउन । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) दाङले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) ३ महिने विशेष अभियान कार्यक्रम सन्चालन गर्ने भएको छ। अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराको अध्यक्षता एबम नेकपा माओबादी केन्द्र दाङका सचिब विस्वराज आचार्यको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य जंग रोकाको बिशिस्ट आतिथ्यता र संगठनका केन्द्रिय सदस्य बिन्दु खड्काको आतिथ्यमा सम्पन्न भएको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गिरबहादुर महरा संयोजक रहेको जिल्ला कार्यालय टिमलाई पुर्णता दिएको छ । कार्यालय सदस्यहरुमा हिमाल महरा , डिभाइड शर्मा , खगेन्द्र जिएम , गोबिन्द मल्ल , मोहन भुसाल , रामचन्द्र बुढा , भुवन केसि, यामकुमारी बिक र हिरालाल ओलि रहनु भएको छ ।

बैठकले ३ महिने विद्यार्थी जागरण अभियान सन्चालन गर्नका लागि जिल्ला कार्यालय टिमबाट पालिका कमान्डरहरु खटाएको छ । जस अनुसार घोराहीमा हिमाल महरा , लमहिमा मोहन भुसाल , तुल्सिपुरमा रामचन्द्र बुढा ,बंगलाचुलीमा गोबिन्द मल्ल, राप्तीमा भुवन केसि , गढवामा डिभाइड शर्मा , राजपुरमा मोहन भुसाल , दंगीशरणमा रामचन्द्र बुढा , बबईमा हिरालाल ओलि र शान्तिनगरमा यामकुमारी बिक रहनु भएको छ ।

बैठकले रचनात्मक एबम सृजनात्मक कार्यक्रम हरुलाई पनि अगाडि बढाउने निर्णय गरेको छ । साथै बैठकले संगठनको मुख पत्र हुँकार प्रकाशन पनि छिटै गर्ने निर्णय गरेको छ ।

Facebook Comments