• २४ श्रावण २०७९, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तीज महोत्सवको तयारी तीब्र, उद्घाटन गर्न उप-सभामुख भुसाल भालुवाङ आउँदै




भालुवाङ, २१ साउन । देउखुरीको भालुवाङमा हुन गईरहेको ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ को उद्घाटन गर्न प्रतिनिधीसभाकी उप-सभामुख पुष्पा भुसाल यही भदौ ४ गते आउनुहुने भएको छ ।No description available. हिन्दु नारीहरुको महान्चार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा तीज गीतको माध्यमबाट समाजमा जनचेतना प्रवाह गर्न र देउखुरीमा डिजिटल अनलाइन मिडियाको प्रवद्र्धनका लागि हुनलागेको तीज महोत्सवको उद्घाटन गर्न उप(सभामुख भुसाल देउखुरीको भालुवाङ आउन लाग्नु भएको हो ।No description available.

“संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्रियता हराउँछ” भन्ने मूल नाराका साथ देउखुरी टुडे डटकम र हाम्रो लुम्बिनी न्युज डटकमको संयुक्त आयोजनामा एक दिने दिवाकालिन तीज महोत्सब देउखुरीको भालुवाङ स्थित होटल पौवाको प्राङगणमा हुने लागेको तीज महोत्सवमा थप रौनकता थप्न र महिला दिदीबहिनीहरुलाई तीज पर्वको शुभकामना दिन उप-सभामुख भुसाल देउखुरीको भालुवाङ आउन लाग्नु भएको महोत्सव मूल आयोजक समितीका संयोजक श्यामा रावतले जानकारी दिनुभएको छ ।

पछिल्लो समय तीज पर्वमा ब्यापक विकृती देखिएको र उक्त विकृतीलाई नियन्त्रण गदै मौलिक कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बजोड प्रस्तुती सहित तीज गीत प्रतियोगिताको समेत आयोजना गरिएको आयोजक देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक एवम् महोत्सवका प्रचार-प्रसार संयोजक सन्तोषकुमार गुप्ताले जानकारी दिनुभएको छ । यसैबीच एकदिने दिवाकालिन महोत्सव सञ्चालनका लागि राप्ती गाउँपालिकाको कार्यालय मसुरिया र जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमति समेत लिईसकेको महोत्सवका प्रचार-प्रसार संयोजक गुप्ताले जानकारी दिनुभयो ।

तीज महोत्सवमा चर्चित लोकदोहोरी गायिका सुनिता बुढाक्षेत्री, चर्चित लोकदोहरी गायक अर्जुन सापकोटा, चर्चित हाँस्यब्यङ्गय कलाकार कमल गाउँले, चर्चित लोकदोहोरी गायिका तथा उद्घोषिका राशी रिजाल, चर्चित लोकदोहोरी गायक जिवन परियार र चर्चित बाल कलाकार अनुष्का आचार्यको बेजोड प्रस्तुती रहने महोत्सवका सांस्कृतिक संयोजक नरेश भण्डारीले जानकारी दिनुभयो । त्यस्तै महोत्सवमा लोकदोहोरी गायक तथा सञ्चारकर्मी प्रेमबिबश घर्ती, गायक तथा गायिकाहरु श्रीधर कंडेल, राजेन्द्र चौधरी, उर्मी मगर, गायिका तथा संचारकर्मी सिमा केसी, चर्चित डान्सर तथा मोडेलहरु टिकटक स्टार करिना डाँगी, सर्मिला पुन, अनिता महतरा, मधु चौधरी र निशु चौधरीका साथै संदेशमुलक तीज गीत प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने सांस्कृतिक संयोजक भण्डारीले जानकारी दिनुभयो ।

महोत्सब सञ्चालन सहयोगार्थका लागि आयोजकले प्रवेश टिकटको समेत ब्यवस्था गरेको छ । जस अन्र्तगत सर्वसाधारणका लागि प्रतिब्यक्ति प्रबेश टिकट शुल्क एक सय रुपैया, विद्यार्थी तथा शहिद परिवारको हकमा परिचय पत्रका आधारमा टिकट शुल्कमा २५ प्रतिशत छुट गरी ७५ रुपैयाँ निर्धारण गरिनुका साथै ७० बर्ष माथिका जेष्ठ नागरिक, ५ बर्ष मूनिका बालबालिका र अपाङ्ग, अशक्त तथा असाहायहरुको हकमा परिचय पत्रका आधारमा प्रवेश निशुल्क गरिएको महोत्सवका कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिनुभएको छ । साथै कार्यक्रमको दिन टिकट लिंदा भिडभाड हुने भएको हुँदा अग्रिम टिकट बुकिङ खुल्ला गरिएको कार्यक्रम संयोजक गुप्ताले जानकारी दिनुभयो ।

महोत्सवमा मुख्य प्रायोजकको हकमा एक लाख, सह-प्रायोजकको हकमा पचास हजार र प्रायोजकको हकमा तीस हजार रुपैयाँ निर्धारण गरिएको आयोजक हाम्रो लुम्बिनी डटकमका अध्यक्ष तथा प्रधान सम्पादक एवम् महोत्सवका आर्थिक संयोजक बासुदेव न्यौपानेले जानकारी दिनुभयो । यही भदौ ४ गते शनिबार बिहान ११ बजे देखि शुरु हुने उक्त तीज महोत्सवलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरी सफल बनाईदिन आयोजकले सबैमा आग्रह गरेको छ ।

यसैबीच तीज महोत्सव हुने दिन नजिकिदै गर्दा यतिबेला आयोजक तीब्र तयारीमा जुटेको छ, भने महोत्सवलाई सफल बनाउन प्रचार-प्रसारको कामलाई ब्यापक बनाएको छ । महोत्सवमा दाङ देउखुरी सहित छिमेकी जिल्लाहरु प्यूठान, रोल्पा, अर्घाखाँची र कपिलबस्तुबाट समेत गरी करिब पाँच हजार बढी दर्शकको उपस्थिती रहने आयोजकले अनुमान गरेको छ ।
तीन बर्ष सम्म कोरोना भाईरस संक्रमणका कारण नाचगान गरी तीज पर्व मनाउन नपाएका हिन्दु नेपाली नारीहरुको महान् चार्ड हरितालिका तीजलाई थप रौनकता थप्न लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको भालुवाङमा पहिलो पटक तीज महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

Facebook Comments