• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही हार्डवेयर ब्यबसायी समितिको अध्यक्षमा पुनः केसी




घोराही हार्डवेयर ब्यबसायी समिति घोराही, दाङको तेस्रो साधारणसभा तथा दोश्रो अधिबेशन सम्पन्न भएको छ ।

घोराही हार्डवेयर ब्यबसायी समितिका अध्यक्ष दामोदर केसीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो ।

दोस्रो अधिबेशनले पुनः दामोदर केसीको अध्यक्षतामा १० सदस्यीय समिति गठन चयन गरेको छ ।

जसमा उपाध्यक्षमा अम्मरराज भुसाल, सविच किरणकिशोर रेग्मी, सहसचिव अनिरुद्र शर्मा, कोषाध्यक्षमा पदम प्रसाद भन्डारी, सदस्यहरु, भरत केसी, पल्बमान थापा, बलदेव योगी, गोकर्ण पाण्डे, समीर पन्त रहनुभएको छ ।

घोराही हार्डवेयर ब्यबसायी समितिको उपाध्यक्ष अम्मराज भुसालको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रमको सञ्चालन पत्रकार पार्वती बस्नेतले गर्नुभएको थियो ।

Facebook Comments