• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दश दिनदेखि सडक अवरुद्ध, जनप्रतिनिधि पुगे तर सडक बनेन




गत साउन ११ गते साँझ परेको अविरल बर्षातका कारण दाङको घोराही १० डाबर र लमडरुवा स्कूल हुदै १६ र १२ नम्बर वडालाई जोड्ने बाटोमा पर्ने भमै खोलामा बनेको कल्बर्ट नजिकैको माटो कटान हुदा बाटो अबरुद्ध छ ।

बाटो अवरुद्ध भएको दश दिनसम्म पनि बाटो नबनाइएको स्थानीयले गुनासो गरेका छन् । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसहित जनप्रतिनिधिले स्थलगत अवलोकन गरेर तस्विर सामाजिक सञ्जालमा राखे पनि बाटो र कल्भर्ट नबनाएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

यो बाटो तथा कल्बटको समस्या तत्काल समाधान गर्न पनि उनीहरुले आग्रह गरेका छन् । स्थानीय राजनराज न्यौपानेले भन्नुभयो– ‘यो कल्भर्ट तत्काल बनाइयोस् । नेता भन्नेहरुको आँखा खुल्नेछ र बाटो संचालन सहज गराउन दिगो विकासको अवधारणा अबलम्बन गर्द तत्काल निर्माण कार्य सुचारु गरिनेछ भन्ने आशा गरेका छौं । यो बाटोबाट दिनहु भबिष्यका कर्णधार विद्यार्थीको जीवनमा खेलवाड बन्द गरियोस् ।’

Facebook Comments