• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पशुपतिमा पर्यटनमन्त्री श्रेष्ठको निरीक्षण, संरक्षण र सरसफाइमा ध्यान दिन निर्देशन




काठमाडौं, २१ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्नस्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो ।

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु,विश्वरुपा मन्दिर,मृगस्थली, शेल्षमान्तक वन, विभिन्नमठमन्दिर, स्तूप, सत्तललगायत स्थलको हिँडेरै अवलोकन गर्नुभएको थियो ।सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभयो । उहाँले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रवन्ध मिलाउननिर्देशन दिनुभयो ।

मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिरपुनःनिर्माणको अवस्थाबारे पनि उहाँले जानकारी लिनुभयो । सांस्कृतिक एवं पुरातात्वक महत्वको पशुपति क्षेत्रखुला संग्रहालयको रूपमा रहेकोबताउनुहुँदै उहाँले सुरक्षा, संरक्षण रसरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले घाट व्यवस्थापनबारे पनि जानकारी लिनुहुँदै पानी, बिजुली तथा सार्वजनिक शौचालय व्यवस्थापन गरी सहज सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्यसचिव डा. मिलन कुमार थापाले बताउनुभयो ।

Facebook Comments