• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कुलो भत्किएपछि डेढ सय बिघा जमीन बाँझो, पूर्वसभामुख महराद्वारा स्थलगत निरीक्षण




पूर्वसभामुख एवं दाङ क्षेत्र नम्बर २ का सांसद कृष्णबहादुर महराले दाङको घोराही १२ मा रहेको भवानी कुलो भत्किएपछि बिचल्ली परेका किसानहरूसँग भेटघाट तथा कुलो भत्किएको स्थलमा अवलोकन गर्नुभएको छ ।

कुलो भत्किएपछि डेढ सय विगाह जग्गा बाँझो रहेको छ । कुलो भत्किएको स्थलबाट उर्जा तथा सिचाइ मन्त्री पम्फा भुसाललाई टेलिफोन गरेर तत्काल भत्किएको कुलोमा नहर निर्माण गर्न आग्रह गर्नुभयो ।

उर्जामन्त्रीले तत्काल इञ्जिनियरिङ डिजाइन गरेर पठाउन र आफूले बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी लामो समय देखि अस्वस्थ रहनुभएका हापुर नारेवाङ निवासी कुमेल खड्का मगरको घरमै गएर स्वास्थ लाभको कामना गर्नुभएको छ ।

Facebook Comments