• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र दाङ–काठमाडौं सम्पर्क समिति अध्यक्षमा ओली




नेकपा माओवादी केन्द्र दाङ काठमाडौं सम्पर्क समितिको अध्यक्षमा निमेशकुमार ओली चयन हुनुभएको छ ।

दाङ काठमाडौं सम्पर्क समन्वय समितिको छैटौं भेलाबाट ओलीको अध्यक्षमा ५१ सदस्यीय कमिटी निर्माण गरिएको छ ।

जसमा उपाध्यक्ष स्रष्टा शर्मा ‘सरु’, अविनाश भण्डारी सचिव, राम खनाल सहसचिव र सपना चौधरी कोषाध्यक्ष रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सम्पर्क समन्वय समिति इञ्चार्ज डिलाराम आचार्य, पोलिटब्यूरो सदस्य रेखा शर्मा, केन्द्रीय निर्वाचन आयोग प्रमुख कुवेर ओली, सम्पर्क समन्वय समिति अध्यक्ष कृष्ण अधिकारी, उपाध्यक्ष सुनिता रोकायलगयतले सम्बोधन गर्नुभएको थियो ।

भेला आयोजक समितिका संयोजक बालकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन निमेशकुमार ओलीले गर्नुभएको थियो । कार्यक्रममा मेघराज सुवेदीले स्वागत गर्नुभएको थियो ।

Facebook Comments