• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वको दादिङमा पुरानो खालीहरु अतिक्रमण




निराजन सिर्पाली / रुकुम (पूर्व )     रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङमा भएका पुरानो खालीहरु अतिक्रमण भएका छन् ।

आजभन्दा धेरै बर्ष अगाडि गाई भैंसीहरुलाई सबैले पानी खुवाउनको लागि पुर्खाहरुले गाउँको बीच भागमा खालि निर्माण गर्ने गरेका थिए । गाउँका सबैले एकै ठाउँमा गाई भैंसीहरुलाई पानी खुवाउने त्यही बहानामा सुख द:खका कुरा गर्ने चलन थियो । अहिलेको यो युगमा यिनी कुरा अनौठो लाग्छ तर यो वास्तविक नै हो ।

त्यहि खाली आजभोलि खोज्ने हो भने कतै भौतिक संरचनाले मिचेको पाइन्छ भने कतै मोटरबाटो या कुनै बहानामा ठुला-ठुला खालीहरु मिच्दै गएको पाइन्छ । खालीको अस्तित्व नै बिस्तारै हराउँदै गईरहेको छ ।

तर यसरी पुर्खेउलि संरचना अतिक्रम गरेर नयाँ भौतिक संरचना बनाउदा विगतका पुराना संस्कार संस्कृति धरापमा पर्ने गरेका छन् ।

Facebook Comments