राष्ट्रिय स्वतन्त्र पार्टी दाङको जिल्लाको भेला सम्पन्न भएको छ । आज शुक्रबार घोराहीमा सम्पन्न भएको भेलाले ओपेन्द्र दाहालको सभापतित्वमा तीन सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
जसको उपसभापतिमा सीता कुमारी केसी र सचिबमा किसन वली रहेका छन् ।
भेलाले जिल्ला भित्रका पालिकाहरुमा ७/७ जनाको कार्यसमिति गठन गर्ने र समितिमा बहुमत युवाहरुसहित ३३ प्रतिशत महिलाको सहभागिता रहने निर्णय गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको चित्रकुमार स्वर्णकारको सभापतित्वमा ५ जनाको तदर्थ समिति गठन गरेको छ । जसमा चुडामणी कडेल, खगेन्द्र गौतम, मेघराज केसी र मिनकुमार आचार्य रहेका रहेका छन् ।
त्यसैगरी घोराही उपमहानगरपालिकाको श्रीधर पाण्डेको सभापतित्वमा ७ जनाको तदर्थ समिती गठन गरेको छ । जसमा गणेश भण्डारी, गोपाल बिक, निकशन भण्डारी, नोयबहादुर केसी, सुमित्रा विक र सीता विक रहेका छन् ।
पालिका अध्यक्षहरु जिल्ला सदस्य रहने भएका छन् ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।