• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनको मूल्य उकालो लाग्दै, दुई दिनमा १५ सयले बढ्यो




काठमाडौं, २० साउन । केहीदिन यता नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य दुई दिनमा नै १५०० रुपैयाँले बढ्दै ९६ हजार ८०० रुपैयाँ पुगेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा ८०० रुपैयाँले बढेको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ७०० रुपैयाँले नै बढ्दै ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिन स्थिर रहेकोमा आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Facebook Comments