• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुरमा स्थानीय पाठ्यक्रम तयार




तुलसीपुर, २० साउन । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । स्थानीय पाठ्यक्रमको बिहीबार सार्वजनिक गरिएको छ । शिक्षा महाशाखाले तयार पारेर सार्वजनिक गरेको स्थानीय पाठ्यक्रम अब विद्यालयस्तरमा लागू हुनेछ ।

नगरले तयार पारेको पाठ्यक्रम कक्षा पाँच र आठबाहेक अन्य कक्षामा यसै वर्षदेखि नै कार्यान्वयनमा आउने भएको छ । स्थानीय पाठ्यक्रम कक्षा एकदेखि आठसम्मका लागि तयार पारिएको होे । पाठ्यक्रम २०७८ पुस महिनादेखि सुरू गरिएको थियो ।

पाठ्यक्रममा कक्षा एकदेखि पाँचसम्म तुलसीपुरको परिचय, स्थानीय संरचना सेवा प्रवाह, तुलसीपुर क्षेत्रमा रहेका सम्पदा, पेशा, व्यवसाय र प्रविधि, मानवीय मूल्य र स्वास्थ्य शिक्षा, वातावरण र कर्तव्य, दुर्घटना र विपद् व्यवस्थापन शीर्षकमा तयार पारिएको छ । यस्तै कक्षा ६, ७ र ८ मा ति विषयवस्तु–सहित व्यवहारिक लेखनलाई समेत समेटिएको छ । पाठ्यक्रमभित्र सामाजिक, आर्थिक, धार्मिक, पर्यावरणीय विषयवस्तुहरूलाई समेटिएको छ ।

पाठ्यक्रम सार्वजनिक कार्यक्रम नगरका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवं नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा गरिएको हो । कार्यक्रममा नगर प्रमुख खड्काले तत्कालै विद्यालयमा पाठ्यक्रम पु¥याइने बताए । खड्काले पाठ्यपुस्तकका रूपमा तयार पार्ने कामलाई समेत तीव्रता दिइने बताए ।

तुलसीपुर क्षेत्रको शिक्षाको अवस्थालाई माथि उठाउनका लागि सामुदायिक र संस्थागत विद्यालयहरूको भूमिका रहने बताए । नगर उपप्रमुख स्यानी चौधरी, वडा नम्बर १२ का वडा अध्यक्ष खुसीराम चौधरी, सामुदायिक विद्यालयका तर्फबाट नारायण भण्डारी, संस्थागत विद्यालयका तर्फबाट लेवेन्द्र केसीले स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई स्थानीय स्तरको ज्ञानको बोध गराउने बताए ।

पाठ्यक्रम निर्माण तथा लेखन समितिको संयोजकमा शाखाका प्रमुख चक्रबहादुर भण्डारी, सदस्यहरूमा झरेन्द्र खरेल, नारायण भण्डारी, खगेन्द्रप्रसाद काफ्ले, दिनेश डाँगी, झक्कुप्रसाद केसी, लेवेन्द्र केसी, मधुसुदन गौतम, सुनिता यादव, मदनकृष्ण देवकोटा, ज्ञानबहादुर डाँगी र सदस्य सचिवमा शाखा अधिकृत मनबहादुर खड्का रहेका थिए । शाखा प्रमुख चक्रबहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा पाठ्यक्रम निर्माण तथा लेखन समितिका सदस्य सचिव मनबहादुर खड्काले गरेका थिए ।

Facebook Comments