• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा विद्यालय अनुगमन तीब्र




मदन बिसी/रुकुमकोट
रुकुमपूर्वको सिस्ने गाउँपालिकामा विद्यालय अनुगमन तीब्र पारिएको छ । गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारको लागि गाउँपालिकाले अनुगमन तीब्र पारेको हो । गाउँपालिकाले साउन १६ बाट विद्यालय अनुगमन सुरु गरेको थियो । अनुगमनको चौथो दिन आज ६ नम्बर वडाको त्रिभुवन जनता मावि छिप्रीदहमा स्थलगत अनुगमन गरिएको छ ।No description available.

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९र०८० मा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । सामुदायिक विद्यालयमा भएका समस्या र त्यसको समाधान खोज्न गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, सम्बन्धित वडाका अध्यक्ष र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बुढाले विद्यालयको स्थलगत अनुगमन गरिरहनु भएको छ ।No description available.

सोही क्रममा आज मावि छिप्रीदहमा गरिएको अनुगमन गरिएको हो । अनुगमनका क्रममा विद्यार्थी संख्याको अनुपातमा भौतिक संरचना कमि भएको, बिषयगत र तहगत शिक्षक नभएको, अभिभावक विद्यालयप्रती उत्तरदायी नभएको पाइएको अध्यक्ष रेग्मीले बताउनु भएको छ ।No description available.

अनुगमनको पाटोलाई नियमित बनाउन मावी छिप्रीदहका शिक्षकहरुले अनुगमन टोलिलाई आग्रह गर्नु भएको छ । माथिल्लो तहबाट हुने अनुगमनले शिक्षक र विद्यालयमा देखिएका कमजोरीलाई सुधार गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक मदन कुमार गौतमले बताउनुभयो । अबको शिक्षालाई प्रबिधिमैत्री बनाए अधिकाङश समस्या समाधान हुन सक्छन् प्रअ गौतमले भन्नुभयो त्यसले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सहयोग पुग्नेछ ।No description available.
अनुगमनका क्रममा अध्यक्ष रेग्मीले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न सिस्ने सरकार प्रतिबद्ध भएको बताउनुभयो। रेग्मीले विद्यालयमा देखिएका सबै समस्यालाई समाधान गर्न सिस्ने सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको पनि स्मरण गराउनु भयो । ५ वर्षको अवधिमा जसरी भएपनी सिस्नेका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सबै शक्ति प्रयोग गर्ने रेग्मीले बताउनुभएको छ ।

यसैगरी उपाध्यक्ष गोपाल रेउलेले विद्यालयमा देखिएका सानातिना समस्याहरुलाई तत्काल हल गर्न सकिने बताउनुएको छ । विद्यालयमा देखिएका समस्यालाई जतिबेला पनि पालिकामा राख्न सक्नुहुन्छ उपाध्यक्ष रेउलेले भन्नुभयो आवश्यकताको आधारमा समस्या सम्बोधन गर्न हामी प्रतिबद्ध छौ ।

अनुगमन गरिएका अन्य विद्यालयको तुलनामा मावि छिप्रीदहमा पठनपाठन सरसफाइ लगायतका पक्षहरु राम्रो देखिएको अनुगमन टोलिले जनाएको छ ।

Facebook Comments