• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लवका जिल्ला नेता मृत अवस्थामा भेटिए




सल्यान, १९ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता मृत फेला परेका छन् । पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता लोकमान केसी (लोकपाल) बिहीबार बिहान मृत फेला परेका हुन् ।

छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका उनी बाग्चौर नगरपालिका–१० मोख्ला नजिकै धान खेतमा मृत भेटिएका हुन् । झोला बोकेका उनी धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए ।

 

केसी मृत अवस्थामा फेला परेको खबर पाएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए । मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको जस्तो देखिएको भए पनि घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

घटनाको अनुसन्धान लगत्तै मृत अवस्थामा फेला परेका नेता केसीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

Facebook Comments