• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
समाचारको विषयमा गरेको टिप्पणीप्रति पत्रकार महासंघ रोल्पाको ध्यानाकर्षण




घोराही, १ साउन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले समाचार सम्प्रेषणको विषयलाई लिएर पत्रकार बिरेन्द्र घर्तीमाथि रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले गरेको टिप्पणीप्रति ध्यानाकर्षण जनाएको छ । महासंघले  मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो टिप्पणीप्रति ध्यानाकर्षण जनाएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाकी कार्यबाहक अध्यक्ष खुविना सुनारी मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘अनलाइन टिभी पत्रकार संघ नेपाल, रोल्पा जिल्ला शाखा सदस्य, आदिवासी जनजाति महासंघ ९फोनिज० रोल्पाका सदस्य तथा हिमालय टेलिभिजन रोल्पा जिल्ला संवाददाता बिरेन्द्र घर्तीले समाचार सम्प्रेषण गरेको विषयलाई लिएर रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले गरेको टिप्पणीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

महासंघले कुनै पनि संचार संस्था मार्फत प्रशारण र प्रकाशित भएको समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए कानुनी प्रक्रिया मार्फत न्यान खोज्न आग्रह गर्दै पत्रकारलाई गरेको व्यबहारप्रति खेद प्रकट समेत गरेको हो ।

साथै आगामी दिनमा समस्यालाई छलफलको मध्यमबाट समाधान गरी यस्ता खालका गतिविधिहरु नदोहोर्‍याउनका लागि सम्बन्धित दुबै पक्षलाई अनुरोध गरेको कुरा विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार बिरेन्द्र घर्तीले गाउँपालिका अध्यक्षसँग वडा अध्यक्ष र पशु शाखा कर्मचारी मस्ती गर्दै दाङदेखि काठमाडौंसम्म भन्ने शिर्षकको समाचार रेडियो सुनछहरी एफ. एम. १०१.५ मेगाहार्जबाट प्रशारण र हेर्ने समाचार डटकमबाट प्रकाशित गरेका थिए ।No description available.

 

Facebook Comments