ओमप्रकाश गुप्ता / विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ । 
बुधबार राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ गते देखि साउन २४ गते सम्म ७ दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।
साथै हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सवै विद्यालयहरु बन्द गरिएको शाखा प्रमुख विकले जानकारी दिएका छन् । साथै उक्त निर्णय कार्यन्यवन गर्न सवै विद्यालयलाई आग्रह समेत गरिएको जारी सुचनामा उल्लेख गरिएको छ ।



सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
