• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भाइरल ज्वरो बढ्दै, राप्तीमा सबै विद्यालय एक हप्ता बन्द




ओमप्रकाश गुप्ता / विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ । बुधबार राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ गते देखि साउन २४ गते सम्म ७ दिनका लागि विद्यालयहरू बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

साथै हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सवै विद्यालयहरु बन्द गरिएको शाखा प्रमुख विकले जानकारी दिएका छन् । साथै उक्त निर्णय कार्यन्यवन गर्न सवै विद्यालयलाई आग्रह समेत गरिएको जारी सुचनामा उल्लेख गरिएको छ ।

Facebook Comments