• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा एक जनामा कोरोना संक्रमण पुष्टि




मदन विसी /रुकुमकोट
रुकुमपूर्वमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सिस्ने गाउँपालिका -६ का ३७ वर्षीया पुरुषमा कोरोना देखिएको हो । No description available.रुकुमपूर्व अस्पतालमा आज गरिएको एन्टिजेन प्ररिक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवम् निमित्त कार्यालय प्रमुख डाक्टर अर्जुन बुढा मगरले जानकारी दिनुभएको छ ।

शरीरका विभिन्न भागहरु दुख्ने, खोकी लाग्ने, पसिना आउने लगायतका लक्षण देखिन थालेपछि उनी अस्पताल पुगेका थिए । कोरोना भाइरस कोभिड १९ संग मिल्दो लक्षण देखिएपछि गरिएको एन्टिजेन परिक्षणमा रिपोट पोजेटिभ आएको डाक्टर बुढाको भनाई छ ।

उहाँका अनुसार कोरोना संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ । डाक्टर बुढाले भन्नुभयो संक्रमितलाई आवश्यक औषधिसहित घर पठाएका छौ । परिक्षणका क्रममा पोजेटिभ देखिए पनि उहाँको स्वास्थ्य अवस्था निकै सामान्य छ । तर केहि दिन छुट्टै बस्न भनेका छौ ।

जिल्लामा भाइरल ज्वरोका विरामी बढन थालेपछि अस्पतालले करिव एक साता देखि दैनिक कोरोना परिक्षण गर्दै आइरहेको छ । कोरोनासंग मिल्दो लक्षण देखिए परिक्षणका लागि अस्पताल आउन डाक्टर बुढाले नागरिकलाई आग्रह गर्नुभएको छ । अस्पतालले दैनिक दिउसो १ः ०० देखि २ :०० बजेसम्म कोरोना परिक्षण गर्दै आइरहेको जनाएको छ ।

Facebook Comments