• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जिल्ला खेलकुद विकास समिति रुकुमपूर्वको अध्यक्षमा सुनार नियुक्त




मदन विसी /रुकुमकोट
जिल्ला खेलकुद विकास समिति रुकुमपूर्वको अध्यक्षमा नामेन्द्र सुनार नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश खेलकुद विकास परिषदलाई पूर्णता दिँदै प्रदेश भित्रका १२ जिल्लाको समिति गठन गरेको हो ।No description available.

सोहि क्रममा लुम्बिनी प्रदेश सरकारले जिल्ला खेलकुद विकास समिति रुकुम पूर्वको अध्यक्षमा सुनारलाई नियुक्त गरेको छ । प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १३ को उपदफा (१) तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को (१) मा भएको व्यवस्था बमोजिम सुनारलाई अध्यक्षमा नियुक्त गरेको प्रदेश खेलकुद परिषद लुम्बिनीले जनाएको छ ।

सुनार नेकपा माओबादी केन्द्रका तर्फबाट खेलकुद विकास समिति अध्यक्षमा नियुक्त हुनु भएको हो । खेलकुद विकास समिति उपाध्यक्षमा गोर्खलाल खड्का र कोषाध्यक्षमा राजकुमार बुढा नियुक्त हुनु भएको छ ।

यस्तै समिर शाह, माधव केसी, शेर बहादुर सुनार, चन्द्र बहादुर वि।सी, निर्मला बुढा र रविना घर्तीलाई सदस्यमा नियुक्त गरिएको छ । लुम्बिनी प्रदेश सरकारले यसअघि प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा जय प्रकाश भट्टरालाई नियुक्त गरेको थियो ।

Facebook Comments