• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुरमा शान्ति, सुरक्षा एवं जनचेतनामूलक कार्यक्रम




तुलसीपुर, १७ साउन । तुलसीपुर रहेको जित ग्रुप अफ कम्पनी प्रालिद्वारा संचालित द लिडिङ नेपालले शान्ति सुरक्षा एवं जनचेतनामूलक  कार्यक्रम २०७९  सम्पन्न गरेको छ । नेपालले सोमबार तुलसीपुर ५ मा रहेको ज्ञानज्योति आधाभूत विद्यालयमा उक्त कार्यक्रम गरेको हो ।No description available.

द लिडिङ नेपालकाअध्यक्ष जितेन्द्र वलि (जितजंग)को अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

द लिडिङ नेपालले लागु औषध दुर्व्यशन त्यागौं , स्वस्थ र खुसियाली जीवन विताऔं भन्ने मुल उदेश्यका साथ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित ज्ञानज्योति आधारभुत विद्यालयको प्राङ्गणमा शान्ति सुरक्षा एवं जनचेतनामूलक कार्यक्रम २०७९  सव्य र भव्यका कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा राजनीतिक दलका नेतागन , समाजसेवी , बुद्धिजीवी , पत्रकार , विद्यार्थी , शिक्षक , टोलवासीहरुको उपस्थिति थियो ।

टोलवासिहरुले आफू असुरक्षित रहेको र तत्काल घटेका घटनाहरु नियन्त्रण गर्न र समस्त टोलवासी वडा ५ र ६ का १३ वटा टोल लगायत ग्यारेज एरियालाई समेत सुरक्षित राख्नको लागि तत्काल प्रहरी विटको समेत माग गरेका थिए । साथै नगर उपप्रमुखले प्रहरी विट स्थापना गर्न सरकार र टोलवासीहरुसँग समन्वय गरेर निर्णय गर्ने आश्वासन दिइन् ।

कार्यक्रमका विशिस्ट अतिथि डिल्ली बस्नेत (संगित)ले शान्ति सुरक्षा एवं जनचेतना सम्बन्धी त्यहाँ उपस्थिति सम्पुर्ण जनसमुदायहरुलाई सकारात्मक सोचले मानव जीवनमा पार्ने प्रभाव र दुर्व्यशनी न्यूनीकरणका लागि त्यसले खेल्ने भुमिकाको बारेमा उत्प्रेरणात्मक विचार राखे ।

साथै सभापति जितेन्द्र वली (जितजंग)ले कार्यक्रमको औचित्यतामाथि प्रकाश पारे । कार्यक्रमको सहजीकरण आयोजक संस्थाका सामाजिक परिचालक रमेश परियार गरेका थिए ।

Facebook Comments