• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजको अफर : विद्यार्थीहरुका लागि थप छात्रवृत्तिको घोषणा




घोराही । दाङको घोराही -१६ सानीअम्बापुर सर्रामा रहेको राप्ती इञ्जिनियरिङ कलेजले विद्यार्थीहरुका लागि थप छात्रवृत्तिको घोषणा गरेको छ । कलेजले सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै हालै एसईईमा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सिटिईभिटी अन्तर्गत १५ औं ब्याचमा नयाँ भर्ना हुने विद्यार्थीलाई १० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

No description available.
कलेजका प्रवन्ध निर्देशक भीमसेन गिरीले सूचना प्रविधिमा आधारित प्राविधिक शिक्षालाई विशेष ध्यान दिँदै कलेजले हालै एसईईमा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सिटिईभिटी अन्तर्गत १५ आंै ब्याचका रुपमा नयाँ भर्ना हुने विद्यार्र्थीहरुका लागि छुटसहितको शैक्षिक कार्यक्रम ल्याएको पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
उनले डिप्लोमा ईन कम्प्युटर इन्जिनियरिङ ३ वर्षे, प्रि डिप्लोमा ईन सिभिल इन्जिनियरिङ, प्रि डिप्लोमा ईन ईलेक्ट्रिकल इन्जिनियरिङ र प्रि डिप्लोमा ईन सर्भे इन्जिनियरिङ अमिन १८ महिने शैक्षिक कार्यक्रममा भर्ना हुने विद्यार्र्थीहरुका लागि वडाको समन्वय र सिफारिसमा १० प्रतिशत छुट तथा लायन्स क्लवमा आवद्ध सदस्यका छोराछोरीलाई लाग्ने शुल्कको कुल रकममा १० प्रतिशत छुटको व्यवस्था गरिएको बताए ।
प्राविधिक शिक्षा व्यावसायिक शिक्षा भएकाले सबै विद्यार्र्थीको पहुँच पुग्ने गरी कलेजबाटै प्रदान गरिने छात्रवृत्ति वडासँगको समन्वयमा गरिने हुँदा उक्त शैक्षिक कार्यक्रमका छात्रवृत्ति घोराही १६ बाट शुरु भईसकेका यो अभियानलाई थप विस्तार गर्दै घोराही उपमहानगरपालिका सबै वडामा लागु गरिने प्रबन्ध गिरीको भनाइ छ ।

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल रेशम गिरीले कलेज सर्वसाधरणको सहज पहुँच पुग्नेगरी गुणस्तरयुक्त प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको बताए । उनले हालसम्म प्रदान गर्दै आएको शैक्षिक कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजाने जानकारी दिए ।

राप्ती इन्जिनियरिङ कलेजलाई एउटा मोडल कलेजको रुपमा स्थापना गर्ने लक्ष्य लिएको र कलेजले विद्यार्थीलाई शिक्षामात्रै प्रदान नगरेर देशका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा जोड दिएको प्रिन्सीपल गिरीको भनाइ छ ।

प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूल लक्ष्यका साथ राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति उत्पादनको कार्यलाई टेवा पुयाउने उद्देश्यले २०६४ सालमा स्थापना भएको कलेजमा हालसम्म ६ सय ८८ विद्यार्र्थीले कलेजबाट अध्ययन पूरा गरी विभिन्न सरकारी, गैर सरकारी संघसंस्था, स्कुल कलेज तथा विदेशमा रोजगारीमा आवद्ध भएका कलेजले जनाएको छ । जसमा २ सय भन्दा बढी नेपाल सरकारका विभिन्न तहमा लोक सेवा पास गरि रोजगार लागेका छन् ।

कलेज स्थापना पश्चात २०६५ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी० सानोठिमी भक्तपुरबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ ३ वर्ष कार्यक्रम र २०६६ मा पोखरा विश्वविद्यालयबाट ४ वर्षे बिसिए कार्यक्रम सञ्चालन हुँदै आएको छ । २०६८ सालमा पोखरा विश्वविद्यालयबाट थप कार्यक्रमको सम्बन्धन प्राप्त गरी ४ वर्षे बिई सिभिललगायतका कार्यक्रमहरु सञ्चालनमा रहेको कलेजको जनाएको हो ।

कलेजमा व्याचलरतर्फ विसिए र बिई सिभिल कार्यक्रममा २०६ जना, डिप्लो इन कम्प्युटर इञ्जिनियरिङ १८ महिने टिएसएलसी कार्यक्रममा १८५ गरी जम्मा ३९१ विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने ३६ जना विद्यार्थीहरुले पूर्ण छात्रवृद्धिमा अध्ययन गरिरहेका र केहि विद्यार्थीहरुले आंशिक छात्रवृत्तिमा अध्ययन गरिरहेका कलेजको भनाइ छ ।

कलेजका प्रवन्ध निर्देशक भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसुदन वैद्यले गरेका थिए ।

Facebook Comments