घोेराही, १६ साउन । दाङमा खोलाले बगाउँदा काठमाडौं निवासी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महाराजगञ्जकी निवासी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीहरूसँगै घुम्न गएको बेला आज दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन् । उनका अनुसार घोराही उपमहागनरपालिका–१४ निवासी २१ वर्षीय हिक्मत बुढामगर घाइते भएका छन् ।
प्रहरीका अनुसार उनीहरु सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा चार जना दाङको पहाडी गाउँपालिकाका रुपमा रहेको बंगलाचुली गाउँपालिकाको मर्फेस घुम्न गएका थिए । तर पानी पर्न थालेपछि घुम्न गएका उनीहरू बाटोबाटै फर्किए । फर्किने क्रममा बंगलाचुली गाउँपालिका–२ स्थीत स्याला खोलाले बगाउँदा सुनिताको मृत्यु भएको हो । खोलाले दुई वटा मोटरसाइकल बगाएको भएपनि रा ३ प ५०६३ नम्बरको मोटरसाइकलमात्रै खोलामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।