• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते




घोराही, १६ साउन । दाङको घोेराहीमा मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जना घाईते भएका छन् । घाईते मध्य एक जनाको अवस्था गम्भीर छ ।

सोमबार बिहान पौने ११ बजे तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ६ प ६०४ नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको लु ११ प ९२५५ नं.को मोटरसाईकल घोराहीको डिके पेट्रोल पम्प नजिकै एक आपसमा ठोक्किएका थिए ।

घाईते हुनेमा लु ११ प ९२५५ नं. का मोटरसाईकल चालक तुलसीपुर १५ का २३ वर्षीय बल बहादुर हरिजन, सोही मोटरसाईकलमा सवार लमहीकी १८ वर्षीया शान्ता बिक र अर्का मोटर साईकल चालक घोराही १४ का २० वर्षीय रबिकिरण बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

 

घाईते मध्य हरिजनको हात र खुट्टामा चोट लागेको र अवस्था मध्ययम छ भने बिकको टाउँको, घाँटी र दुबै खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । त्यसैगरी रबिकिरणलाई सामान्य चोट लागेको छ । घाईतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

Facebook Comments