• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पदभारपछि अर्थमन्त्री शर्माले भने–देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध छु




नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले आफू देशको अर्थतन्त्र सुदृढीकरण गर्न प्रतिबद्ध रहेको बताएका छन् । आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दे मन्त्री शर्माले नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर आत्मनिर्भरको अवस्थामा लग्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

विश्वको आर्थिक अवस्थामा समस्या रहेको भन्दै उनले यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सबलीकरण गर्नु आवश्यक रहेको बताए । ‘नयाँ आर्थिक वर्ष भर्खरै प्रारम्भ भएको छ । हामीले नयाँ बजेट तयार गरेका थियौ । त्यो पारित भएर कार्यान्वयनको चरणमा छ । त्यसको मूल उद्देश्य सिद्धान्त आयात प्रस्थापन गर्नु,उत्पादन वृद्धि गर्नु, वैदेशिक मुद्दा सञ्चित गर्नु तीन वटा मूलभूत उद्देश्यमा केन्द्रित भएर समग्र बजेट नीति तथा कार्यक्रम बनाएका हौँ,’ उनले भने,‘ अहिले विश्वको आर्थिक अवस्था विभिन्न युद्धका कारणले एक खालको समस्या देखि राखेको छ । यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सबलीकरण गर्नुपर्ने आवश्यकता छ । मैले भनेको सिद्धान्त र सो सिद्धान्तमा निर्मित बजेटले त्यो दिशातिर लग्ने विश्वास छ । त्यसलाई कार्यान्वयन गरेर नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर आत्मनिर्भरको अवस्थामा लग्ने प्रतिबद्धता म यहाँ दोहो¥याउन चाहन्छु ।’

उनले आफूलाई पुनः अर्थमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका नेतालाई धन्यवाद समेत दिएका छन् । उनले मन्त्रालयका सचिव तथा कर्मचारीसँग मिलेर काम गर्न चाहेको बताए । उनले कर्मचारीको साथ र सहयोग पाउनेमा विश्व व्यक्त गरेका छन् ।

गत वर्षको बजेट कार्यान्वयनको सन्दर्भमा समीक्षा गरेर कहाँ-कहाँ कमजोरी भए त्यसलाई कसरी हटाउन सकिन्छ ? भन्ने बारेमा समीक्षासहित आगामी दिनमा बजेट कार्यान्वयन गर्ने बताए । उनले अर्थ मन्त्रालयको जिम्मेवारीमा रहेका विषयमा प्रभावकारी रूपमा क्षमताको विकास र कार्यदक्षता वृद्धि गर्न सामूहिक रूपमा लाग्ने बताए ।

Facebook Comments