• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पाको डुब्रिङमा नयाँ मतदान केन्द्र बनाउने वडाको निर्णय




डुब्रिङ, १५ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. – ६ वडा कार्यालयले डुब्रिङमा रहेको नेरामावि मतदान स्थललाई खारेज गर्दै दुई वटा नयाँ मतदान स्थल बनाउने निर्णय भएको छ । शनिबार ६ नम्बर वडा कार्यालयमा बसेको सर्बदलिय/ सर्बपकक्षीय भेलाले सो निर्णय भएको हो ।

रुन्टीगढी गाउँपालिका वडा नं.– ६ का वडा अध्यक्ष घनबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको भेलाले डुब्रिङमा मतदान स्थल एउटा मात्र रहेकोले स्थानीय जनतालाई मतदान स्थल पुग्न अलि अप्ठ्यारो भएकोले उक्त मतदान स्थललाई खारेज गर्दै बालबिका प्रावी बोरिवाङ र डुब्रिङ स्वास्थ्य चौकी भवन पाखापानीमा नयाँ मतदान स्थल राख्न जिल्ला निर्वाचन कार्यालय रोल्पालाई अनुरोध गर्ने सर्बसम्मत निर्णय गरेको छ ।

उक्त भेलाले स्थानीय जनतालाई चुनावमा भोट हाल्न सहज होस् भनि साबिक डुब्रिङ गाबिसमा रहेका २,३,५ र ६ नम्बर वडालाई समेट्ने गरी बाल बिकास प्रावि बोरिवङ र १,४,७,८ र ९ नम्बर वडालाई समेट्ने गरी डुब्रिङ स्वास्थ्य चौकी भवन पाखापानीमा मतदान स्थल बनाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगले रुन्टीगढी गाउँपालिकामा रहेका विशेष गरी ६ र ९ नम्बर वडा कार्यालयमा मतदाताहरु धेरै भएकोले मतदान केन्द्रको भौगोलिक अवस्था हेरफेर गर्न सक्ने भनि पालिकामा परिपत्र गरेको हुँदा उक्त परिपत्र अनुरुप मतदान स्थल हेरफेर गर्ने गरी वडामा रहेको नेरामावि मतदान केन्द्रलाई खारेज गर्दै स्थानीय जनतालाई पाएक पर्ने गरी बाल बिकास प्रावि बोरिबङ र डुब्रिङ स्वास्थ्य चौकी भवन पाखापानीमा नयाँ मतदान स्थल बनाउने निर्णय भएको ६ नम्बर वडा अध्यक्ष घनबहादुर घर्तीले जानकारी दिए ।

वडामा रहेको नेरामावि डुब्रिङको मतदान केन्द्रमा क, ख र ग बुद रहेका थिए । वडा अध्यक्ष घनबहादुर घर्तीको अध्यक्षतामा भएको भएको भेलामा वडा सदस्य, प्रमुख तीन पार्टीका प्रतिनिधी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

Facebook Comments