• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिद स्मृति अध्यक्ष उपाध्यक्ष स्वास्थ्य कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्रकाेलमा पनि सुचारु




रुकुम पूर्वकाे पुथा उत्तरगगंगा गाउँपालिका १२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र काेलमा सहिद स्मृति अध्यक्ष उपाध्यक्ष स्वास्थ्य कार्यक्रम सुचारु भएकाे छ । गाउँपालिकाकाे आ. व. ०७९/०८०काे नीति तथा कार्यक्रममा ल्याइएको सहिद स्मृति अध्यक्ष उपाध्यक्ष कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र काेलमा पनि सुचारु भएकाे हाे । सहिद स्मृति अध्यक्ष उपाध्यक्ष स्वास्थ्य कार्यक्रमकाे सुभारम्ब साश्रव ९ गते देखि भएकाे थियाे । प्राथमिक स्वास्थ्य केन्द्र काेलमा सहिद स्मृति अध्यक्ष उपाध्यक्ष कार्यक्रम स्वास्थ्य संस्थामा छाेरी जन्माउने मनकुमारी बुढालाई नि: शुल्क स्वास्थ्य विमा गराएर कार्यक्रमकाे सुभारम्ब गरिएको हाे । स्वास्थ्य सँस्थामा छाेरी जन्माउने बुढाकाे नि: शुल्क स्वास्थ्य विमा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा , स्वास्थ्य संयाेजक समीर गिरी, लेखा साखा प्रमुख नवराज खद्का र मेडिल अधिकृत मिलन मल्लकाे उपस्थितिमा स्वास्थ्य सँस्थामा छाेरी जन्माउने मनकुमारी बुढाकाे नि: शुल्क स्वास्थ्य विमा बनाइएको थियाे ।

सहिद स्मृति अध्यक्ष उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तरगत सहिद स्मृति अध्यक्ष कार्यक्रम मातहतमा घरैमा स्वास्थ्यकर्मी कार्यक्रम रहेकाे छ जसमा प्रतेक महिना स्वास्थ्यकर्मी घरमै गएर नागरिककाे स्वास्थ्य परिक्षण गरिने छ । साथै नि: शुल्क स्वास्थ्य विमा कार्यक्रम अन्तरगत अति विपन्न, शारीरिक मानसिक अपाङ्ग सहिद परिवार लगाएलाई नि : शुल्क स्वास्थ्य विमा कार्यक्रम रहेकाे छ । भने टेलिमेडिसिएन सेवा एक कल मै डाक्टर कार्यक्रम रहेकाे छ जसमा इन्टरनेटकाे माध्यमबाट डाक्टरले स्वास्थ्य परामर्श गर्ने कार्यक्रम रहेकाे छ ।

यस्तै उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तरगत गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, गर्भवती महिला तथा स्वास्थ्य संस्थामा जन्मेका छाेरीकाे नि: शुल्क स्वास्थ्य विमा कार्यक्रम, चेलिसंग उपाध्यक्ष कार्यक्रम, नि: शुल्क एम्बुलेन्स सेवा जसमा गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन एम्बुलेन्स नि: शुल्क उपलब्ध बनाउने कार्यक्रम रहेकाे छ ।

Facebook Comments