• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पब्लिक ज्ञानज्योतिले जित्यो एक लाख नगद भएको भलिबल प्रतियोगिता




दाङ बिकाश भट्टराई
१४ श्रावण :
दाङको तुल्सिपुर ६मा राप्ति किङ भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको इन्टर कलेज स्तरीय भलिबल प्रतियोगिता २०७९को बिजेता तथा उपाधि पब्लिक ज्ञान ज्योति मावि तुल्सिपुरले जितेको छ ।
पहिले ९ बजे भएको तेस्रो स्थानको लागि भएको खेलमा अरनिको मावि नुवागाउँ रोल्पा र मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमबिच भएको खेलमा मुसिकोट खलंगाले ३-१ सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्यो । उसको सेट पोइन्ट २५-२२, २५-१४, १९-२५ र २५-१६ रह्यो ।
तेस्पछि दिउँसो १ बजे बाट प्रथम स्थानका लागि भिडेका दाङको पब्लिक ज्ञानज्योति मावि र रुपन्देही बुटवलको न्यु होराइजन मावि सुरु भएको भलिबल खेल निकै नै प्रतिस्पर्धात्मक भएको थियो । बेस्ट अफ फाइभमा भएको खेलमा पहिलो सेटमा ज्ञानज्योतिका खेलाडीहरुले समालेर खेल्न नसक्दा न्यु होराइजन विरुद्ध ७ अन्कको अन्तरमा १८-२५ले गुमाएको थियो ।
तेस्तै दोस्रो सेट निकै प्रतिस्पर्धात्मक भएकोमा ज्ञानज्योतिले झिनो अन्तर २९-२७मा जितेको थियो ।
तेस्तै तेस्रो सेटमा न्यु होराईजनले निकै नै राम्रो पुनरागमन गरेर ९ अंन्कको अन्तरले २५-१६ले सेट जितेपनि
चौथो सेट समालिन नसक्दा झिनो अन्तरले २५-२७ले हार बेहोर्न पुग्यो ।
२-२ सेट बराबरि खेलेको दुबै टिम निर्णायक पाँचौ सेट भने ज्ञान ज्योतिले निकै शानदार खेलेर ५ अंकको अन्तरमा १५-१० मा जितेको थियो ।
यो संगै ३-२को सेट अन्तरले ज्ञानज्योतिले इन्टर कलेज स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको थियो ।
पुरस्कार बितरणमा तेस्रो स्थान हात पारेको मुसिकोट खलंगाले नगद २५,१११|- रुपैयाँ सहित प्रमाणपत्र र मेडल प्राप्त गर्यो ।
तेस्तै उपबिजेता बनेको न्यु होराइजनले नगद ५०,१११|- रुपैयाँ सहित मेडल प्रमाणपत्र प्राप्त गर्यो ।
यो सङै बिजेता ज्ञानज्योतिले नगद १,०१,१११|- रुपैयाँ सहित मेडल प्रमाणपत्र र ट्रफि हात पार्यो ।
ब्यक्तिगत विधातर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी न्यु होराईजनका बबिन थापा भए । उनले नगद ५०००|- रुपैयाँ सहित मेडल प्रमाणपत्र र ट्रफि प्राप्त गरे । तेस्तै उत्कृष्ट सेटर ज्ञानज्योतिका सुदिप राना , उत्कृष्ट लिब्रो ज्ञानज्योतिका बिनोद बुढाथोकी, उत्कृष्ट स्पाइकर न्यु होराइजनका राहुल चौधरी र बेस्ट कोच न्यु होराईजनक उदय बम मल्ल घोषित भए । यि उत्कृष्ट हुनेले नगद २०००रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसिपुरका अध्यक्ष कमल खत्रीको अध्यक्षता तथा नेपाली काग्रेस तुलसिपुर नगर कमिटिका सभापती सुरेश हमालको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका वडा न १० का अध्यक्ष यम बहादुर केसि र लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र सिह बैरागिको विशिष्ट आतिथ्यमा भएको थियो । सो अबसरमा प्रतियोगिता लाई भब्य एवं सभ्य बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउने संघ सस्था,ब्यक्ती,तथा रास्ट्रीय रास्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०७९ मा एथलेटिक्स तर्फ रास्ट्रीय कृतिमान कायम गर्न सफल निशा चौधिरी, सहभागी बब्लु वलि,भलिबल तर्फ खेलाडी मोनिका बिष्ट,सीता वलि र रुपा थापा त्यस्तै बिजेता,उपबिजेता टिम तथा खेलाडि, कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथिले पुरस्कार तथा कप,मेडल प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो

Facebook Comments