• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा विद्यालयको बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु




दाङ, १४ साउन । विद्यालयको बसले किच्दा दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका ७ मानपुर उत्तर टोल निवासी भीमसेन थापाकी तीन वर्षीया छोरी पुजा थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

हिजो बेलुका पौने पाँच बजे न्यू मुनराइज इङ्लिस बोर्डिङ स्कूलको ना ६ ख ६४३२ नम्बरको बसबाट झर्ने क्रममा पछाडीको टायरले किच्दा पूजा गम्भीर घाइते हुनुभएको थियो ।

बालिको लमही अस्पताल उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ । पुजालाई किच्ने बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता रिजालले जानकारी दिनुभएको छ ।

यस्तै दाङमा नहरमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १० चारबगियाँ निवासी बिन्दु पुनको ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर मृत्यु भएको हो ।

बालिकाको आफ्नो घरदेखि पाँचसय मिटर उत्तर तर्फ रहेको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

Facebook Comments