• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर कलेज भलिबलको उपाधिका लागि आज ज्ञानज्योती र न्यू होराईजन भिड्दै




दाङ,१४ साउन । ज्ञानज्योती कलेज तुलसीपुर र न्यू होराईजन बोर्डिङ स्कुअ बुटवलविचको टिम दाङको तुलसीपुरमा जारी अन्तर कलेज भलिबल प्रतियोगिता २०७९ को उपाधिका लागि भिड्ने भएका छन् ।

राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना संचालित प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा अरनिको मावि नुवागाँउ रोल्पालाई २५–१८,२५–११ र २९–२७ को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योती कलेज तुलसीपुरले फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिमलाई ३–१ को सेटमा पराजित गर्दै न्यू होराईजन स्कुल बुटवल रुपन्देहीले फाईनलमा ज्ञानज्योतीसंगको भेट पक्का गरेको हो । फाईनल प्रवेश गरेका दुबै टिममा सशक्त र शानदार प्रदर्शन गर्ने खेलाडीको वर्जश्व भएकाले खेल रोमाञ्चक र कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

खेल आज शनिवार बिहान ११ बजे हुनेछ । त्यस्तै तृतिय स्थानका लागि अरनिको मावि नुवागाउ रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम भिड्ने छ्न् । खेल शनिवार बिहान ८ बजे हुने आयोजकले जानकारी दिएकोछ । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर लिब्रो र कोच लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिएका छन् ।

Facebook Comments