• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा एम्बुलेन्सको भाडादर हेरफेर




मदन बिसी/ रुकुम पूर्वमा जिल्ला भित्र र जिल्लाबाट बाहिर चल्ने एम्बुलेन्स सेवाको भाडादर हेरफेर गरिएको छ । जिल्लामा सरकारी, गैरसरकारी र निजी संस्थाहरुबाट सञ्चालनमा रहेका एम्बुलेन्सलेको भाडादर हेरफेर गरिएको हो ।

कतिपय सेवाप्रदायकले बिरामीहरुबाट मनपरी भाडा उठाउने गरेको जनगुनासोको आएपछि भाडादरमा एकरुपता ल्याउन नयाँ भाडादर कायम गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

नयाँ भाडादरमा रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका कोल र तकसेराको लागि ६ हजार, जामाबगरको लागि ८ हजार पाँच सय, हुकामको लागि १० हजार, त्रिवेणीको लागि सात हजार, दमचनको लागि ६ हजार पाँच सय भाडा निर्धारण सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार राङ्सीको लागि सात हजार, नाखाको लागि सात हजार पाँच सय, भूमे गाउँपालिका काँक्रिको लागि चार हजार, पातीहाल्ना पञ्चासेको लागि तीन हजार पाँच सय, लुकुम, मोराबाङ, झुम्लाबाङ, क्याङ्सी, गाबाङ, महत, कुचिबाङको लागि दुई हजार पाँच भाडा निर्धारण गरिएको छ ।

यसैगरी काँक्रि खाबाङ, काडाँ, सेराबाङ, डालिबाङ, सिमा, सिस्नेरी, पाङ्गा, अमलाचौरको लागि एम्बुलेन्सको भाडा दुई हजार निर्धारण गरिएको छ । यस्तै मोराबाङ हेल्थपोष्टसम्म एक हजार पाँच , धरमशाला, मौवाडाँडा, देउखोला, दादीङसम्म तीन हजार, गुनाम, रिसालचौर, कोर्जा, सिमखोलासम्म चार हजार, चुनबाङ गैरीगाउँसम्म पाँच हजार, सिमचौरसम्म ६ हजार, थबाङसम्म तीन हजार भाडा निर्धारण गरिएको प्रशासनले जनाएको छ ।
यस्तै थबाङ हुँदै घोराहीसम्म १५ हजार, बालुवा ह्याप्ला औलाबाङ र झिङ्ग्रीसम्म एक हजार तथा सिस्ने ५ र ६ नम्बर वडाभित्र ५०० एम्बुलेन्सको भाडा तोकिएको छ ।

रुकुम पश्चिमको सल्लेसम्म पाँच हजार, चौरजहारी, श्रीनगर सल्यान खलङगासम्म १२ हजार, तुलसीपुर १५ हजार, घोराही १६ हजार, कोहलपुर १९ हजार र नेपालगञ्जको लागि २० हजार भाडा निर्धारण गरिएको छ । यसैगरी बुटवलसम्मको लागि २२ हजार, भैरहवा २३ हजार, चितवन २८ हजार, दाङ हुँदै काठमाडौं २८ हजार, वुर्तीबाङ सात हजार ५००, बागलुङ १५ हजार, पोखरा २२ हजार, बागलुङ हुँदै काठमाडौं २८ हजार, बागलुङ पोखरा हुँदै चितवनको लागि २५ हजार एम्बुलेन्सको भाडा निर्धारण गरिएको छ ।

यसैगरी बुर्तीबाङ हुँदै बुटवलको लागि १८ हजार, बुर्तीबाङ हुँदै पाल्पा १५ हजार र चुन्वाङ हुँदै घोराहीको लागि १५ हजार भाडा निर्धारण गरिएको छ । नयाँ भाडादर आज देखि नै लागु गरिने जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

Facebook Comments