सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सम्पर्क कार्यलय:
घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि 9809855403
नेकपा एमालेका महासचिव पोख्रेल दाङ आउँदै
१३ श्रावण २०७९, शुक्रबार
दाङ, १३ साउन । नेकपा एमाले दाङको आयोजनामा हुन लागि रहेको बृहत कार्यकर्ता भेला एवं पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ आउन लाग्नु भएको छ ।
नेकपा एमालेले आयोजना गर्न लागि रहेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा साउन १७ र १८ गते महासचिव पोख्रेल दाङमा रहनु हुनेछ । उहाँको उपस्थितिमा १७ र १८ गते घोराही एवं तुलसीपुरमा कार्यक्रम हुनेछ ।
उक्त अबसरमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण तथा एमाले प्रवेशीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । एमाले दाङले सो कार्यक्रमलाई भव्य बनाउन विभिन्न कार्यहरु गरिरहेको छ । कार्यक्रममा सहभागिता जनाउन नेकपा एमाले दाङले सबैमा अनुरोध गर्नु भएको छ ।
नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले बिज्ञप्ति जारी गरी पार्टी महासचिव पोख्रेलसहित केन्द्रीय नेताहरु सहभागि हुने कार्यक्रममा सबैको उपस्थितिका लागि अनुरोध गर्नु भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।