• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल बैंकको डबल धमाका मुद्दती खाता सञ्चालनमा




घोराही, १३ साउन । सरकारी स्वामित्व सहित वि.सं १९९४ मा स्थापना भइ बैकिङ सेवा सुरुवात गरी निरन्तर ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको नेपालको सबैभन्दा पुरानो बाणिज्य बैंक नेपाल बैक लिमिटेडले नेपाल बैंक डबल मुद्धती खाता सञ्चालनमा ल्याएको छ । । बैंकले प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै ग्राहक वर्गहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने उदेश्यका साथ सो डबल मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।

यस खाता अन्तर्गत व्यक्तिगत, संस्थागत रुपमा नेपाल बैकमा डबल मुद्धती खाता खोल्ने ग्राहकहरुले यो अवसर प्राप्त गर्ने छन् ।

नेपाल बैंकका अनुसार व्यक्तिगत रुपमा मुद्धती खाता खोली आफ्नो पैसा बचत गर्न चाहने ग्राहकले व्यक्तिगत रुपमा डबल मुद्धती खाता खोल्न सक्नेछन भने आफ्नो फर्म वा संस्थामा जम्मा भएको पैसालाई बचत गर्नको लागि संस्थाको नाममा पैसा जम्मा गरिदिन चाहने ग्राहकले संस्थागत डबल मुद्धती खाता खोल्न सक्ने छन् ।

यो धमाका योजना अनुसार व्यक्तिगत मुद्धती खाता खोली उक्त खातामा पैसा जम्मागर्दा ग्राहकले आज उक्त डबल मुद्धती खातामा जम्मा गरेको पैसा ६ बर्ष ४ महिना २० दिनमा दोब्बर रकमका साथफिर्ता पाउने छन्। त्यस्तै संस्थागत मुद्धती खाता खोली उक्त डबल मुद्धती खातामा पैसा जम्मागर्दा ग्राहकले आज जम्मा गरेको पैसाको दोब्बर रकम ७ बर्ष ३ महिना फिर्ता पाउने छन् ।

यस्तो खातामा पैसा जम्मागर्दा पैसाको सुरक्षाका साथै छोटो अवधिमै आज बचत गरेको पैसा दोब्बर हुने हुँदा ग्राहकका लागि यो धमाका योजना प्रभावकारी हुने बैंकले जनाएको छ ।

 

 

 

Facebook Comments