• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोजगार सहायका लागि सिस्नेमा ३३ आवेदन




मदन वि.सी / रुकुमकोट
रोजगार सहायका लागि सिस्ने गाउँपालिका रुकुम पूर्वमा ३३ जनाले आवेदन दिएका छन् । गएको असार २९ गते रोजगार सहायक पदपूर्तिका लागि गाउँपालिकाले १५ दिने सूचना जारी गरेको थियो । सूचनाको समय आज सकिएको छ ।

१५ दिनको अवधिमा ३३ जनाको आवेदन पेरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिनुभएको छ । उहाँका अनुसार सवैभन्दा बढि ५ र ६ नम्बर वडाबाट र कम एक र ७ नम्बर वडाबाट आवेदन परेको छ ।

५ र ६ नम्बर वडाबाट सम्मान ९/९ जनाले दरर्खास्त दिएका प्रशासन सहायक पूर्ण विएमले जानकारी दिनुभयो । यस्तै एक नम्बर वडाबाट १, दुई नम्बर वडाबाट २, ३ नम्बर वडाबाट ५, ४ नम्बर वडाबाट ३, ७ नम्बर वडाबाट एक र ८ नम्बर वडाबाट २ जनाले दरर्खास्त दिएका विएमले बताउनुभएको छ । उहाँअनुसार भूमे गाउँपालिकाबाट पनि एक जनाको आवेदन आएको छ ।

आएका आवेदनको अध्ययन गरि रोजगार सहायक पदपूर्ति सम्बन्धी मापदण्ड २०७८ अनुसार छिट्टै प्रारम्भिक योग्यता क्रम प्रकाशन गरिने प्रशासकीय अधिकृत दाहालले बताउनु भएको छ । योग्यता क्रम प्रकाशन पछि लिखित, प्रयोगात्मक र मौखिक परिक्षा सञ्चालन गरिने उहाँको भनाई छ ।

Facebook Comments