• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सङ्गीतकार सन्तोष श्रेष्ठलाई थप विश्व किर्तिमान




कमलमणि देवकोटा/ विश्वकिर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठलाई पुनः अर्को सफलता प्राप्त भएको छ। यसअघि विश्वका १२ वटा अन्तर्राष्ट्रिय भाषाका गीतमा सङ्गीत गरेवापत गिनिजबुक अफ वर्ल्ड रेकर्डले विश्वकीर्तिमानी सङ्गीतकारकाे स्थानमा नाम दर्ता गरी प्रमाण-पत्र‌ उपलब्ध गराएको थियो भने यसपटक पुनः नेपाली लगायत विश्वका प्रचलित ५० वटा अन्तर्राष्ट्रिय भाषा समेटिएको गीतमा सङ्गीत भरेवापत विश्वकीर्तिमानी श्रेष्ठलाई पुनः कीर्तिमाान थपिएको छ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं १२ हापुर वगियामा बुवा यज्ञबहादुर श्रेष्ठ तथा आमा देवा‌ श्रेष्ठकाे काेखबाट वि.सं. २०३७ सालमा ज्येष्ठ सुपुत्रका रूपमा जन्मिएका ४१ वर्षीय श्रेष्ठ दुई दशकदेखि काठमाडौंलाई कर्मथलो बनाई गीत-सङ्गीत क्षेत्रमा निरन्तररूपमा साधनारत छन् ।

सुगम सङ्गीत क्षेत्रका अब्बल गीतहरूमा मीठो सङ्गीत भरेर गीतिचर्चा कमाएका सङ्गीतकार श्रेष्ठले हालसम्म ४१ वटा गीति एल्बमहरूमा मीठो सङ्गीत भरिसकेका छन् । त्यसाे त यिनले सङ्गीतका अलावा गीत-गजल लेखन, गायन, हार्माेनियम वादनसहित गीत-सङ्गीत साधनामा निपुण त छन् नै यसका अतिरिक्त साहित्य लेखनमा समेत कलम चलाउँदै आएका छन्। यसअघि ‘आँसु’ नामक गजलसङ्ग्रह र ‘अधुराे सपना’ नामक लघुकथासङ्ग्रह दुईवटा साहित्यिक कृति प्रकाशित गरिसकेका छन् भने ‘फरैना’ नामक उपन्यास शीघ्र सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

यसअघि नेपाली लगायत विश्वका १२ वटा र यसपटक ५० वटा अन्तर्राष्ट्रिय भाषा समेटिएका दुवै गीतकाे रचना नेपाली गीतकार डा. डीआर उपाध्यायले गरेका हुन् भने यस गीतमा स्वयं सङ्गीतकार सन्तोष श्रेष्ठ, गीतकार डा.डीआर उपाध्याय र प्रकाश तिमल्सिनाकाे सुमधुर स्वर रहेको छ।

स्मरण रहोस् यस गीतमा समेटिएका ५० वटा अन्तर्राष्ट्रिय भाषाहरूमा-
१) नेपाली, २) हिन्दी, ३) जापानी, ४) चिनिया, ५) अङ्ग्रेजी, ६) रुसी, ७) कोरियाली, ८) फ्रान्सेली, ९) स्पेनी, १०) इटालियन, ११) जर्मन,१२) थाई, १३) मौरिसियन, १४) उर्दु, १५) स्वेडिस, १६) क्रोसियन, १७) हेब्रु, १८) पोर्तुगाली, १९) बंगाली, २०) संस्कृत, २१) स्टोनियन, २२) भियतनामी,२३) डच, २४) सिंहाली, २५) स्लोभेनियन, २६) इन्डोनेसियन, २७) रुमानी, २८) फिनिस, २९) पेरुभियन, ३०) टर्किस, ३१) ग्रिक, ३२) फिलिपिनो, ३३) अल्बानियन, ३४) युक्रेनियन, ३५) अफ्रिकी, ३६) स्लोभाकिया, ३७) सर्बियाली, ३८) पानामियन, ३९) नर्वेजियन, ४०) आइसल्यण्डिक, ४१) बर्मेली, ४२) कोल्म्बीयन, ४३) कुर्डिस, ४४) स्वाहिली, ४५) पोलिस, ४६) बोलिभियन, ४७) हङ्गेरियन, ४८)डेनिस, ४९) लात्भियन र ५०) आर्मेनियन रहेका छन्।

विश्वभर भएका आश्चर्यचकित एवं यसअघि कसैले नगरेका महान कार्यहरूकाे दर्ता अभिलेख राख्दै आएको विश्वकै चर्चित संस्था ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ले उपलब्ध गराएका गायन तथा सङ्गीत तर्फका प्रमाण-पत्रहरू यही साउन ११ गते काठमाडौंमा आयोजित एक समारोहमा नेपाल सरकारको तर्फबाट शहरी विकास मन्त्री मेटमणि चाैधरीले प्रदान गर्नुभएको हाे ।

Facebook Comments