• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्व विद्यालयबाट पिएचडी, कलेजद्वारा स्वागत तथा सम्मान




घोराही, ११ साउन । राप्ती इन्जिनियरिङ कलेजमा स्थापनाकालदेखि नै गणित विषय अध्यापन गराउदै आउनु भएका डा.खेमराज मल्ललाई स्वागत तथा सम्मान गरिएको छ । मेवार विश्व विद्यालयबाट गणित विषयमा पिएचडी गर्नु भएकोले उहाँलाई सम्मान गरिएको हो ।May be an image of 7 people and people standing
राप्तीइ ञ्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गिरीले सिकाइ निरन्तरण रुपमा चलिरहने प्रक्रिया भएकोले समाजमा ख्यातीप्राप्त गर्नका लागि आफ्नो रुचि अनुसारका क्रियाकलापहरुलाई संगै लैजान आग्रहगर्नु भएको थियो । May be an image of 6 people, people sitting and people standingउहाँले डा.मल्लले सृजनात्मक कार्यहरु चित्रकला, गीत, गजल विधामापनि संलग्न रहेको र यसलाई निरन्तरता दिन आग्रहगर्नु भयोे ।

May be an image of 6 people, people sitting and people standing
सम्मानित व्यक्ति डा. खेमराज मल्लले कलेजले आफुलाई सिकाउने र सिक्ने अवसर प्रदान गरेको, कलेज संचालक, शिक्षक तथा कर्मचारीहरुको सहयोगले आफू विद्यावारधी गर्न सफलभएको बताउनु भयो । उहाँले आफुले चित्रकला विधामा अन्तराष्ट्रिय स्तरका विभिन्न अवार्डहरु प्राप्त गरेको बताउदै आफूले तयार गरेका चित्रहरु कलेजलाई प्रदानगर्ने बताउनुभयो ।May be an image of 6 people, people sitting and people standing

कार्यक्रममा प्रबन्ध निर्देशक डा.भीमसेन गिरी, प्रिन्सिपल रेशमगिरी, विई सिभिल विभागिय प्रमुख ई बाबुराम जोशी लगायत उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण विसिए विभिगिय प्रमुख विश्वबन्धु थापाले गर्नुभएको थियो ।May be an image of 2 people, people sitting, people standing and indoor

 

Facebook Comments