• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको राप्ती गाउँपालिकामा साना बालबालिकालाई गह्रुंगा झोला बोकाउन रोक




दाङको राप्ती गाउँपालिकाले साना कक्षाका बालबालिकालाई गह्रुंगा झोला बोकाउन रोक लगाएको छ ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले सबै विद्यालयमा परिपत्र जारी गर्दै यस्तो रोक लगाएको जानकारी गराएको हो ।

साउन ५ गतेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको शाखा प्रमुख विश्वास बिकले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका पूर्वप्राथमिक तहमा अध्ययनरत बालबालिकाले विद्यालय आउँदा जाँदा गह्रौं झोला बोक्ने गरेको देखिएको त्यस्तो काम रोक्न बिद्यालय र अभिभावकलाई आग्रह गरिएको छ ।

यसले बालबालिकाको बृद्धि विकास तथा टाउको र हड्डीमा नकारात्मक असर पर्ने भएकाले यस्तो निर्देशन दिनुपरेको उहाँले जानकारी दिनुभयो ।

साथै पालिकाले विद्यालय रहेको एक सय मिटर वरपरको चारकिल्लामा जंक फूड र पेय पदार्थ बिक्री वितरणमा पनि रोक लगाइएको जनाएको छ ।

Facebook Comments