आज मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय रुपैयाँ छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ४ सय र तेजावी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार १५० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको मूल्य १ हजार १५५ रुपैयाँ थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।